रुसद्वारा बेलायती युट्युबर पक्राउ « Khabarhub

रुसद्वारा बेलायती युट्युबर पक्राउ


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती युट्युबरलाई रुसले पक्राउ गरेको छ । कजाखस्तानस्थित रुसको नियन्त्रणमा रहेको बैकोनूर कोस्मोड्रोममा बेलायती युट्युबर बेन्जामिन रिच पक्राउ परेको रुसी अन्तरीक्ष निकाय रोस्कोस्मोसका प्रमुख दिमित्री रोगोजिनले बताएका हुन् ।

गैरकानूनी काम गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको रोगोजिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीसँगै बेलारुसकी नागरिक एलिना सेलिउपा पनि पक्राउ परेको उनको भनाइ छ ।

उनीहरुलाई हाल बैकोनूरमा रहेको आन्तरिक मामिला विभागमा नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ । बेन्जामिन रिच ‘बल्ड एण्ड बैंकरप्ट’ नामक युट्युब च्यानल चलाउँछन् । उनले पूर्व सोभियत संघका मुलुकहरुमा भ्लग बनाउँदै आएका छन् ।

उनको च्यानलमा ३५ लाख सस्बस्क्राइबर्स छन् । बेलायतको विदेश मन्त्रालयले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।

यता रिचले भने आफू पक्राउ नपरेको बताएका छन् । सामाजिक सञ्जालमा सन्देश जारी गर्दै आफूहरुलाई कोस्मोड्रोममा केही घण्टा सोधपुछ गरिएपनि आफूहरु मुक्त भएको जानकारी दिएका हुन् ।

उनले आफूले ६० पाउण्ड जरिवाना समेत तिरेको जनाएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : २४ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी