ओलीको प्रश्न- प्रचण्डकी छोरीलाई सधैँ जिताउने जिम्मा नेपाली कांग्रेसको हो ? « Khabarhub

ओलीको प्रश्न- प्रचण्डकी छोरीलाई सधैँ जिताउने जिम्मा नेपाली कांग्रेसको हो ?


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमाले अध्यक्ष केपीशर्मा ओलीले चितवन नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि नेताले पार्टी सिध्याउन लाग्दा के हेरेर बसेको भन्दै प्रश्न गरेका छन् ।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसका शीर्ष नेताले पार्टी सिध्याउन लागेको भन्दै जोगाउने जिम्मा काँधमा आएको बताए ।

‘टाउकै नेताहरूले पार्टी सिध्याउन लागिसके । तपाईंहरू के हेरेर बस्नुभएको छ ?’, ओलीले प्रश्न गरे । चितवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरीलाई सधैँ जिताउने जिम्मा नेपाली कांग्रेसको भएको भन्दै प्रश्न गरे ।

‘अस्ति मात्रै धम्की सुन्नुभयो होला । मेरो छोरीलाई भोट दिनुभएन भने देश दुर्घटनामा जान्छ । हैन उनको छोरीलाई कांग्रेसले भोट दिएर जिताइदिनुपर्ने ?’, ओलीले प्रश्न गरे ।

आफ्नो छोरीलाई भोट दिएमा गठबन्धन १५–२० वर्ष जोगाइदिने भन्दै कांग्रेसले आफ्ना नेतालाई कहिल्यै उम्मेदवार बन्न नपाउने बताए ।  अहिलेको पाँच दलीय गठबन्धनलाई सपनामा पनि एमाले देखेपछि जुरुक्क उठ्ने अवस्था आएको बताए ।

अहिलेको पाँच दलीय गठबन्धनका नेताहरू निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मुखदर्शक बनेको ओलीको आरोप छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ६ : ०२ बजे

‘महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक’

जेनेभा– विश्व महामारी रोकथाम, पूर्वतयारी र प्रतिकार्यका लागि अझै पर्याप्त

रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा कार्कीसहित तीनजना नियुक्त

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग

खगेन्द्र सुनारको प्रश्न : सांसदले संसदभित्रै महँगो चिया-खाजा खानुपर्ने अवस्था किन ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संघीय संसद् परिसरमा

बसभित्रै आत्मदाह प्रयास गरेका दावाको शरीर ९० प्रतिशत जल्यो, अवस्था गम्भीर

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसभित्रै आगो लगाएर आत्मदाह प्रयास

इटालीका विद्यालयमा बुर्का र नकाब प्रतिबन्धको तयारी

एजेन्सी – इटालीले विद्यालयमा बुर्का, नकाबलगायत अनुहार ढाक्ने पोसाकमा प्रतिबन्ध लगाउने