न्युकासलमाथि सिटीको फराकिलो जित | Khabarhub Khabarhub

न्युकासलमाथि सिटीको फराकिलो जित


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युकासललाई ५-० गोल अन्तरले हराएको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले १९औं र ३८औं मिनेटमा गोल गरे ।

खेलको ६१औं मिनेटमा रोड्रीले गोल गरेपछि सिटीको अग्रता तेब्बर बन्यो । ९०औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटीको अग्रता ४-० ले अघि रह्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५-० को जित दिलाए । जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ ।

सिटीले ३५ खेलमा ८६ अंक जोडेको छ भने न्युकासल ४३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ७ : ०८ बजे

जुत्ताचप्पल गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति

कैलाली– कैलालीको लम्कीस्थित जुत्ताचप्पल गोदाममा आगलागी हुँदा ७० लाख रुपैयाँ

रूपन्देहीको उपचुनाव : अखिलका नेता बने एमालेका बागी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ

पहिरोले बेहाल अरनिको राजमार्ग (तस्बिरहरू)

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २, इको क्षेत्रमा साउन १८ गते

एमाले समसामयिक राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा योगेश भट्टराई 

ललितपुर– नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार