‘म शासक होइन, जनताको सेवक भएर काम गर्छु’ « Khabarhub

‘म शासक होइन, जनताको सेवक भएर काम गर्छु’

'हिजो सबैको मन जितेकी छु, त्यसको पुण्य पाउछु जस्तो लाग्छ'



काठमाडौँको राजनीतिमा रजनी थापा परिचित अनुहार बन्न थालेको छ । विद्यार्थी राजनीतिदेखि आशा र भरोसा बोकिएकी उनी अहिले काठमाडौँकै टोखा नगरपालिकामा मेयरको उम्मेदवार बनेकी छन् । टोखामा उसै पनि कांग्रेसको राम्रो पकड क्षेत्रका रुपमा हेरिन्छ । तर पछिल्लो समयको आधुनिक र नयाँ विचारधारा मन पराउने पुस्ताका कारण पकड मात्रै भनेर हुँदैन । यसका लागि उम्मेदवारसँगै प्रस्ट योजना र कार्यक्रम हुनुपर्छ । टोखा नगरपालिकामा विकासको कायापलट गर्ने गरी कांग्रेसबाट मेयरको उम्मेदवार बनेकी रजनी थापासँग त्यस्ता के योजना र कार्यक्रम छन् त ? नजिकिँदो स्थानीय तहको चुनावको सन्दर्भमा लक्ष्मण फुयालले गरेको कुराकानीको सम्पादित अंशः

भिडियोमा हेर्नुहोस्:

तपाईँ युवा हुनुहुन्छ । तपाईँको मेयरमै उम्मेदवारी चाहिँ किन हो ?
परिवर्तन र विकासको लागि नै मेरो उम्मेदवारी हो ।

तपाईँको राजनीतिक पृष्ठभूमिले जित दिलाउन कत्तिको सहयोग गर्छ ?
कांग्रेसनिकट नेपाल विद्यार्थी संघ सिटीईभीटीको उपाध्यक्ष हुँदै नेपाल ल क्याम्पसको स्ववियू सभापतिको उम्मेदवार थिए । त्यतिबेला चुनाव चाहिँ भएन । त्यसपछि टोखा नगरपालिकाको नगर सदस्य, टोखा नगरपालिका नगर सचिव, टोखा नगरपालिका महिला संघको सभापति र हाल क्षेत्रीय सचिव पनि हुँ । यही पृष्ठभूमि भएकै कारण म बलियो उम्मेदवार हो । जित्ने कुरामा शंका छैन ।

स्थानीय चुनावमा मेयरको उम्मेदवारी दिँदै गर्दा विकासका योजनाहरु कस्तो कस्तो राख्नु भएको छ ?
जुन विकास निरन्तर होस् । जुन आँखाले सधैँ देख्न पाइयोस् । जुन विकास भयो रे है भनेर सुन्न पाइयोस् । त्यो विकासलाई टोखा नगरपालिकाका सम्पूर्ण व्यक्तिले अनुभूति गरेर उहाँहरूको जीवन सहज बनाउने योजना छ ।

चुनाव प्रचार प्रसारमा कत्तिको दौडधुप छ ? कत्तिको साथ पाउनु भएको छ ?
टोखा नगरपालिकाको नगर कार्य समिति सबै लाग्नुभएको छ । जिल्ला सभापति, जिल्लाको सदस्यहरू, बागमती प्रदेशको सदस्य प्रतिनिधिज्युहरु, वडाध्यक्षज्यूहरु सबै कांग्रेसका हरेक व्यक्तिहरु लाग्नु भएको छ । अहिलेसम्म धेरैको साथ पाएकी छु ।

गएको कार्यकाल एमालेले जितेको थियो । त्यो कार्यकालको समीक्षा कसरी गर्नुहुन्छ ? पहिलो मेयरले गरेको भन्दा फरक के गर्ने सोचमा हुनुहुन्छ ?
हामी जस्तो युवाले अरुले के गर्‍यो वा गरेन भन्दा पनि म के गर्छु भनेर सोच्न आवश्यक छ । किनभने त्यो कुर्सीमा बस्दै गर्दा उहाँले जानेका कुरा हो । उहाँको संस्कार हो । त्यसलाई जनताले मूल्याङ्कन गर्नु पर्दछ । कोभिडका कुरा, अन्य राजनीतिक कुरा जसलाई टोखा नगरपालिकाका मानिसहरूले महसुस गर्न सक्नु भएन । यो हाम्रो हो भनेर महसुस गर्नका लागि पनि मेरो उम्मेदवारी हो ।

समृद्ध टोखा नगरपालिका बनाउन शिक्षा, स्वास्थ्य, रोजगारी, महिलाका विषयमा कस्ता योजना बनाउनु भएको छ ?
म आफू पनि एउटा महिला भएको कारणले बढी प्राथमिकता महिलालाई र युवालाई दिन्छु । अनि त्यसपछि बालबालिका र वृद्धा वृद्धालाई प्राथमिकता दिन्छु । सबैका समस्या समाधान गर्ने, सबैका लागि आ–आफ्नो क्षेत्रको सुविधाहरु जस्तो युवाको लागि रोजगार, खेलकुदको विकास, बाबा आमाको रोगको लागि सकेको सहयोग गर्ने गर्दछु ।

पछिल्लो समयमा मतदाताहरूले पार्टी हेरेर मत दिदा विकास भएन । अब उम्मेदवार हेरेर दिन्छौँ भन्नु हुन्छ । त्यसकारण तपाईँलाई नै मतदाताले किन भोट हाल्ने ?
म एउटा राजनीतिज्ञ मात्र हैन । एउटा समाजसेवी पनि हुँ । म कुनै शासक हैन । सेवक हो । मैले हिजोका दिनमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सेवा गरेको छु । मेरो आफ्नै फाउन्डेसन छ, रजनी सचेतना नेपाल फाउन्डेसन । म कुनै पोष्टमा नभए पनि धेरै पुण्य गरेको छु । जसले गर्दा उहाँहरूले मलाई नेपाली कांग्रेसको उम्मेदवार भन्दा पनि काम गर्ने दिदिबहिनी छोरी र साथीको रूपमा जो जो हुनुहुन्छ, उहाँहरूलाई म नेपाली कांग्रेसले धेरै दुःख गरेको छ । पहिलो पटक भोट हाल्नेहरुले नेपाली कांग्रेसले भोट निश्चित गर्नका निमित्त धेरै सहिदहरु र रगत बगाउनु भएको छ । त्यसकारण भोट हाल्नु होला । उहाँले विगतमा गरेका कामलाई सम्झेर भविष्य निमार्णको लागि उहाँसँग कत्तिको क्षमता छ त उहाँले गर्न सक्नु हुन्छ कि हुन्न त त्यो कुरा सोचेर भोट हाल्नुहोस् ।

उम्मेदवारीपछि कस्तो प्रतिक्रिया पाउनु भएको छ, तपाईँको पक्षमा कस्तो मत आउने अपेक्षा राख्नु भएको छ ?
हिजो मैले सबैको मन जितेको छु । त्यसको पुण्य अहिले पाउँछु जस्तो लाग्छ ।

आम मतदातामा के आह्वान गर्न चाहनु हुन्छ ?
सबै भन्दा पहिला त सबैँ जनालाई म रजनी थापा नेपाली कांग्रेसबाट मेयरको उमेदवार । म तपाईहरुसँगै बसेर दुःख सुख तपाईँहरूसँग नै बसेर हिजोको दिनमा घर घरमा सिंहदरबार भनिन्थ्यो । त्यो कुरा तपाईँहरूले अनुभूति गर्न पाउनु भएको छैन । त्यसकारण विश्वास गर्नुहोस् हिजो जसरी काम गरेको थिएँ । पछिल्ला दिनमा पनि गर्ने छु । त्यसकारण तपाईँहरूले भोट हाल्दै गर्दा एउटा महिला युवा केही गर्छु भनेर आएको छ भने तपाईँको साथ र सहयोग भयो भने त्यो उर्जाले सोचेको भन्दा ठुलो काम गर्न सक्छु । (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १२ : २९ बजे

नवलपरासीको अग्यौलीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एक

कैफियत देखिएपछि जरिवाना

काठमाडौं– नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

ज्येष्ठ नागरिकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– जिल्ला समन्वय समिति, कास्कीद्वारा आइतबार पोखरामा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी

कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद

मुस्ताङ– माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको

गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध हुने

गुल्मी– गुल्मीको रिडी‐रुद्रवेणी–वामीटक्सार सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ ।