सुर्खेत – दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवालको गाडीमा आगजनी भएको छ ।
बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा बिहान सवा ३ बजे आगजनी भएको बढुवालले जानकारी दिए ।
गाडी आठबीस नगरपालिका- ४ राकमकर्णालीको खोलीबजारस्थित श्रृष्टि होटेलमा पार्किङ गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए ।
बडुवालले एक अज्ञात समूहले गाडी आगजनी गरेको उल्लेख गरेका छन् । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पुर्याएका थिए,’ उनले भने,‘ त्यस कारण खासै क्षति भने हुन सकेन ।’
घटनाबारे इलाका प्रहरी कार्यालय राकमले अनुसन्धान थालेको छ ।
प्रतिक्रिया