पुटिनले जघन्य अपराध गरे : क्यानडाका प्रधानमन्त्री ट्रुडो | Khabarhub Khabarhub

पुटिनले जघन्य अपराध गरे : क्यानडाका प्रधानमन्त्री ट्रुडो


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनको भ्रमण गरी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट गरेका छन् ।

भेटपछि दुई नेताले पत्रकार सम्मेलन आयोजना गरेका थिए । ‘जघन्य युद्ध अपराधका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दोषी छन्’, ट्रुडोले भने ।

क्रुर युद्धका लागि राष्ट्रपति पुटिन जबाफदेही हुनुपर्ने उनले बताए । भ्रमणका अवसरमा ट्रुडोले किभस्थित क्यानाडाली दूतावासमा झण्डा फहराएका थिए ।

‘क्यानाडा सधैं युक्रेनसँग काँधमा काँध मिलाएर उभिनेछ’, ट्रुडोले भने, ‘हामी युक्रेन र त्यहाँका जनतालाई हाम्रो समर्थन देखाउन यहाँ छौँ । ’
पछिल्लो समयमा रुसी सेनाले पूर्वी युक्रेनको दोनेत्स्कमा हमला गरेको छ । रुसी सेनाले एउटा विद्यालयमा गरेको हमलामा ६० जना मारिएको आशंका गरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : ०५ बजे

स्टार कलाकारको भीड रहेको फिल्म ’वेल्कम टू जङ्गल’को छायाङ्कनमा कठिनाइ

काठमाडौं – निर्देशक अहमद खानलाई फिल्म ‘वेल्कम टू जङ्गल’को छायाङ्कन

‘सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन चाँडो ल्याउन पहल गर्छु’

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो

इरानका छ विमानस्थलमा इजरायली आक्रमण

काठमाडौं– इजरायली सेनाले इरानका छ वटा विमानस्थलमा आक्रमण गरेको दाबी

इरानका सैन्य स्थलहरूमा इजरायली आक्रमण

एजेन्सी – इजरायली सेनाले पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा सोमबार

काठमाडौंलाई प्रदेश राजधानीसँग जोड्ने कान्ति लोकपथको बेहाल (तस्बिरहरू)

काठमाडौं– देशको केन्द्रीय राजधानी काठमाडौंलाई बागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने