अर्थमन्त्री शर्माको गृहजिल्लामा कांग्रेस-माओवादीको झडप रोक्न संयुक्त अपिल « Khabarhub

अर्थमन्त्री शर्माको गृहजिल्लामा कांग्रेस-माओवादीको झडप रोक्न संयुक्त अपिल


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुकुम पश्चिमको चौरजहारीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच दिनहुँ झडप हुन थालेपछि दुबै दलले संयुक्त विज्ञप्ति जारी गरेर मैत्रीपूर्ण सम्बन्ध कायम गर्न अपिल गरेका छन् ।

कांग्रेस रुकुम पश्चिम संयोजक प्रेमप्रकाश ओली र माओवादी संयोजक गोविन्द रोकाले संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र झडप रोकेर जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धाको वातावरण सिजर्ना गर्ने सहमति भएको जनाएका हुन् ।

माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा भएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र राजनीतिक दलका नेताहरु सहभागी थिए ।

अवान्छित गतिविधिले सत्ता गठबन्धनका उद्देश्य र मर्ममाथि प्रहार हुने भन्दै संयमता अपनाउन भनिएको छ । शुक्रबार राति झपडमा परी कांग्रेस वडा सभापति यज्ञश विष्टसहित पाँच जना घाइते भएका थिए । त्यसयता पनि चाैरजहारीमा कांग्रेस, माओवादीका कार्यकर्ताबीच झडप हुँदै आएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १० : १५ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको