साउदीमा अलपत्र नेपाली युवा भन्छन् : हाम्रो उद्धार भएन भने मर्छौ « Khabarhub

साउदीमा अलपत्र नेपाली युवा भन्छन् : हाम्रो उद्धार भएन भने मर्छौ


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी अरब पुगेका ४८ जना नेपाली युवा अलपत्र परेका छन् ।

आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत साउदी अरब पुगेका ४८ जना नेपाली युवा विगत तीन/चार दिनदेखि भोकभोकै छटपटाई रहेका छन् ।

काठमाडौँमा रहेको टोकियो ओभरसीज, वर्क फोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर प्रालि मार्फत साउदीको रियादस्थित अलमराजमा रहेको डेलिभरी टाइम कम्पनीमा पोल्टी फर्मको काममा भनेर त्यहाँ पुगेका थिए ।

म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब नपाए पनि जस्तो तसो काम गरिरहेका उनीहरूलाई कम्पनीमा कार्यरत एक जना नेपाली गणेश कार्की आएर अर्को ठाउँ काम गर्नु पर्ने भयो भन्दै सात जनालाई लिएर गएको र उनीहरूलाई अर्को ठाउँमा काम नलगाई जेलमा हालेपछि आफूहरूले काम बन्द गरेको सुनसरीका महमद राम्जान मियाले बताए ।

कम्पनीले बिना कारण साथीहरूलाई जेल हालेपछि आफूहरूले काम बन्द गरेको र अहिलेसम्म किन काममा नआएको भनेर सोध्न पनि कोही नआएको उनले बताए । उनीहरूले काम बन्द गरेपछि कम्पनीले नयाँ मान्छे हालेको र उनीहरूलाई निकालेपछि अहिले केही दिनदेखि भोकभोकै खाना नपाएर धेरै नेपाली युवाहरूको रुवाबासी भएको मियाले बताए ।

‘केही दिन त हामीले अन्य कम्पनीका साथीहरूसँग मागेर भएपनि एक छाक खाना खायौ, उनीहरु पनि विदेशमा केही कमाउन आएका हुन् कति दिन अर्काको आशमा बस्ने ,’ उनले भने, हाम्रा धेरै साथीहरू खान नपाएर बिरामी हुन थालिसके, अझै केही दिनमा हाम्रो उद्धार भएन भने अब मर्नु बाहेक केही छैन ।’

म्यानपावरले पनि अहिलेसम्म सम्पर्क नगरेको र आफूहरूले पटक-पटक सम्पर्क गर्दा पनि फोन नउठाएको उनीहरूले बताए । सबै साथीहरू हरेस खाइसकेको भन्दै तत्काल उद्धार नगरे सबैले देहत्याग गर्ने उनीहरूले बताए ।

रियादस्थित नेपाली दूतावासमा सम्पर्क गर्दा समस्या सुनेर नबोली फोन काट्ने गरेको उनीहरूको आरोप छ । काम गरेको दुई महिना १० दिनको तलब समेत नपाएको बताएका छन् । उनीहरूले म्यानपावर तथा विभिन्न एजेन्टहरुलाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर करिव ७ महिनाअघि मात्र साउदी पुगेका थिए ।

यता टोकियो म्यानपावरका चेयरमेन सुरेन गौतमले भने शुक्रबार र शनिबार साउदीमा छुट्टी रहेको र आइतबार देखि नै आफूहरूले वैदेशिक रोजगार विभागमार्फत नेपाली दूतावासलाई पत्र लेखी दूतावासले साउदी लेवरकोटसंग समन्वय गरिरहेको र  समस्या छिट्टै समाधान हुने बताए ।

यस्तै गैरआवासी नेपाली संघ (एनआरएनए) मध्यपूर्व संयोजक राजेन्द्र अर्यालले पनि पीडित नेपाल युवाहरुसंग सम्पर्क गरी खाद्यन लगायत आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १२ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै