युक्रेनमा सुँघेर धराप पत्ता लगाउने कुकुर विभूषित, देशको सेवा गरेको भन्दै जेलेन्स्कीद्वारा तक्मा प्रदान « Khabarhub

युक्रेनमा सुँघेर धराप पत्ता लगाउने कुकुर विभूषित, देशको सेवा गरेको भन्दै जेलेन्स्कीद्वारा तक्मा प्रदान


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुँघेर धराप पत्ता लगाउने कुकुरलाई देशको सेवा गरेबापत युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आभूषण प्रदान गरेका छन् ।

पेट्रन नामक ज्याक रुसेल टेरियर जातको कुकुर र उनका मालिकलाई विभूषित गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता यस कुकुरले हालसम्म २ सय भन्दा धेरै धरापहरु सुँघेर पत्ता लगाएको बताइएको छ ।

युक्रेन भ्रमणमा रहेका क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको भेटवार्ताका क्रममा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले कुकुरलाई तक्मा प्रदान गरेका हुन् ।

कुकुरका मालिक युक्रेनको जनसुरक्षा सेवामा कार्यरत मेजर मिहाइलो इलियेभ रहेको उनलाई पनि विभूषण प्रदान गरिएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  २ : ५४ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी