पोपास्ना शहरबाट आफ्ना सैनिक पछि हटेको युक्रेनको पुष्टि | Khabarhub Khabarhub

पोपास्ना शहरबाट आफ्ना सैनिक पछि हटेको युक्रेनको पुष्टि


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजले आक्रमणलाई निरन्तरता दिइरहेको पूर्वी युक्रेनको पोपास्ना शहरबाट युक्रेनी सैनिक पछि हटेका छन् ।

पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रका गभर्नरले आफ्ना सैनिक पोपास्ना शहरबाट पछि हटेको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि रुसको चेचेन्या गणतन्त्रका प्रमुख रमजान कदिरोभले आफ्ना फौजले पोपास्ना कब्जा गरेको घोषणा गरेका थिए ।

लुहान्स्का गभर्नर शेरी हाइदाइले युक्रेनी टेलिभिजनलाई अन्तरवार्ता दिँदै युक्रेनी फौज शहरबाट पछि हटेर अझ मजबुत स्थानमा पुगेको जानकारी दिएका हुन् । उनले शहरमा ‘सबैकुरा नष्ट भएको’ समेत बताएको रोयटर्सले जनाएको छ ।

पछिल्लो समय पूर्वी युक्रेनको लुहान्स्क र डोनेत्स्क क्षेत्रमा रुसी फौजले थप जमिन कब्जा गर्ने उद्देश्यले आक्रमणहरुलाई निरन्तरता दिइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ३ : ०३ बजे

गाजामा राहत लिनेमाथि आक्रमण: १२ जनाको मृत्यु

गाजा – इरान र इजरायल युद्ध भइरहेको समयमा फेरि गाजामा

स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यस

कार र गाँजा छाडेर भागेका फरार युवा एक महिना पछि पक्राउ

सुनसरी– प्रहरीले गाँजा तस्करीमा संलग्न भएको आरोपमा फरार भएका एक

पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

काठमाडौं–  नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा– मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई ५० हजार