पोपास्ना शहरबाट आफ्ना सैनिक पछि हटेको युक्रेनको पुष्टि « Khabarhub

पोपास्ना शहरबाट आफ्ना सैनिक पछि हटेको युक्रेनको पुष्टि


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजले आक्रमणलाई निरन्तरता दिइरहेको पूर्वी युक्रेनको पोपास्ना शहरबाट युक्रेनी सैनिक पछि हटेका छन् ।

पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रका गभर्नरले आफ्ना सैनिक पोपास्ना शहरबाट पछि हटेको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि रुसको चेचेन्या गणतन्त्रका प्रमुख रमजान कदिरोभले आफ्ना फौजले पोपास्ना कब्जा गरेको घोषणा गरेका थिए ।

लुहान्स्का गभर्नर शेरी हाइदाइले युक्रेनी टेलिभिजनलाई अन्तरवार्ता दिँदै युक्रेनी फौज शहरबाट पछि हटेर अझ मजबुत स्थानमा पुगेको जानकारी दिएका हुन् । उनले शहरमा ‘सबैकुरा नष्ट भएको’ समेत बताएको रोयटर्सले जनाएको छ ।

पछिल्लो समय पूर्वी युक्रेनको लुहान्स्क र डोनेत्स्क क्षेत्रमा रुसी फौजले थप जमिन कब्जा गर्ने उद्देश्यले आक्रमणहरुलाई निरन्तरता दिइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ३ : ०३ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी