आईपीएलः मुम्बईमाथि कोलकोत्ताको शानदार जित « Khabarhub

आईपीएलः मुम्बईमाथि कोलकोत्ताको शानदार जित


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ। कोलकोत्ताले मुम्बई इण्डियन्सलाई ५२ रनले हराएको हो।

सुरुमा ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बई १७ ओभर ३ बलमा अलआउट भयो। उसले १ सय १३ रनको मात्र योगफल बनाउन सक्यो।

पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो। जितसँगै सातौं स्थानको कोलकत्ताले १२ खेलमा १० अंक जोडेको छ।
मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा छ।

मुम्बईका इशान किशनले ५१ रनको अर्धशतकीय इनिङ खेले भने टिम डाभिडले १३ तथा रमनदिप सिंहले १२ रन बनाए। कोलकत्ताका प्याट कमिन्सले तीन तथा आन्द्रे रसेलले दुई विकेट लिए।

कोलकत्ताका नितिश राना र भेन्काटेस एयरले समान ४३–४३ रन बनाए भने अजिन्का रहानेले २५ रन जोड्दा रिन्कु सिंहले अविजित २३ रन जोडे।

मुम्बईका जस्प्रित बुम्राहले एक्लै ५ विकेट हात पार्दा कुमार कार्तिकेयाले २ विकेट लिए।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ५ : ३७ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका