कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी गराउन देउवाको अपिल | Khabarhub Khabarhub

स्थानीय तह निर्वाचन

कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी गराउन देउवाको अपिल


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन अपिल गरेका छन् । 

मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा देउवाले उम्मेदवारहरूलाई विजयी गराउन मतदातासँग अपिल गरेका हुन् ।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान् अभियानमा निर्भीकता साथ सहभागी भई मतदान गर्न आह्‍वान गर्दछु’, देउवाले भनेका छन् । 

अपिलमा उनले स्थानीय तह निर्वाचनलाई लोकतन्त्रको बलियो आधार भएको बताएका छन् । स्थानीय तह सङ्घीय शासन प्रणालीको आधारस्तम्भ पनि भएको उनको भनाइ छ ।  

हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्रको रूपमा पनि स्थानीय सरकार भएको भन्दै देउवाले निरन्तर लोकतान्त्रिक सङ्घर्षको यात्रामा रहेको कांग्रेसका उम्मेदवारहरूलाई मत दिन आग्रह गरेका हुन् ।

उनले कांग्रेसलाई आम नेपाली नागरिकको ढुकढुकी भएको पार्टी रूपमा पनि चित्रण गरे । 

‘अरु कुरा गर्छन्, हामी काम गर्छौं, ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ नारा लिएर निर्वाचन अभियानमा रहेको कांग्रेस उम्मेदवारहरूलाई ‘रूख’ चिह्नमा मतदान गर्न प्रधानमन्त्रीसमेत रहेका देउवाको आग्रह छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  २ : ०० बजे

उद्यमीलाई प्रधानमन्त्रीले भने- हाम्रो देश हामीले नै बनाउने हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान्

‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

पाटन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन

देशभरका सात राजमार्ग अवरुद्ध

काठमाडौं– मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग

दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनको गिरफ्तारी वारेन्ट जारी

सोल- दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलका

आमरण अनसन बसेका मेयर अस्पताल भर्ना (तस्बिरहरू)

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि अनसनरत दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तीर्थराज