काठमाडौँको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

काठमाडौँको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

आज बिहान टिपरले ठक्कर दिँदा धादिङको धुनिवेशी नगरपालिका २ बस्ने ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

थानकोटबाट स्यवम्भूतर्फ आउँदै गरेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई बा ५ ख ७३४५ नम्बरको टिपरले बिहान करिब ३ बजे पछाडिबाट ठक्कर दिएको थियो।

दुबै सवारी साधन र टिपर चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ८ : ३६ बजे

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

सुदूरपश्चिम– सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर बजेटसम्बन्धी उत्प्रेषण रिट

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न