काठमाडौँको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

काठमाडौँको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

आज बिहान टिपरले ठक्कर दिँदा धादिङको धुनिवेशी नगरपालिका २ बस्ने ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

थानकोटबाट स्यवम्भूतर्फ आउँदै गरेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई बा ५ ख ७३४५ नम्बरको टिपरले बिहान करिब ३ बजे पछाडिबाट ठक्कर दिएको थियो।

दुबै सवारी साधन र टिपर चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ८ : ३६ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र