म्याग्दीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

म्याग्दीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्‍याएर फर्कँदै गरेको ग२ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए । उनका अनुसार राम्जाली सवारी धनी र तितुङ चालक हुन् । घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ । सडकबाट करिब ६० मिटर तल खसेर ट्रक दुर्घटना भएको थियो । नारच्याङमा निलगिरिखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरिखोला र निलगिरिखोला क्यासकेट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ९ : ०३ बजे

इरानमा आक्रमणप्रति विधायकको मिश्रित प्रतिक्रिया : ट्रम्पलाई युद्धको अधिकार नभएको दाबी

वाशिङ्टन – इरानको आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि त्यहाँका विधायकको

पर्वतमा १४० रोपनी क्षेत्रफलमा जापानी कटुसखेती

पर्वत– पर्वतमा जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर

राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौं– नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको

अन्तर्राष्ट्रिय सम्बन्धसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।

पहिलो टेस्टमा ब्याट्सम्यान हाबी : दुई दिनमा चार शतक प्रहार

लन्डन – लिड्समा जारी भारत र इङ्गल्यान्डको पहिलो टेस्टमा ब्याट्सम्यान