मतदान गर्न डेढ घण्टा हिँड्नुपर्ने | Khabarhub Khabarhub

मतदान गर्न डेढ घण्टा हिँड्नुपर्ने


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- रसुवाको पर्यटकीय क्षेत्र लाङटाङस्थित क्यान्जिनका मतदाताले डेढ घण्टाको पैदल हिँडेर मतदान गर्ने भएका छन् । क्यान्जिनबाट लाङटाङ पुग्न दुई घण्टा लाग्छ । लाङटाङस्थित मुन्डुप सामुदायिक केन्द्रमा मतदान केन्द्र तोकिएको छ ।

क्यान्जिनमा ४५ घरधुरी रहेका छन् । त्यहाँका अधिकांशले होटल व्यवसाय गरेका छन् । क्यान्जिनमा करिब ७० जना मतदाता रहेका छन् । निर्वाचनको दिन होटल बन्द गरेर त्यस क्षेत्रका नागरिक मतदान गर्ने भएका छन् । 

क्यान्जिनका ग्याल्बो तामाङले २०४९ सालपछिको निर्वाचनमा मतदान गर्दै आएका छन् । उनले सबै निर्वाचनमा भाग लिएको बताए । शुक्रबार हुने निर्वाचनमा डेढ घण्टा हिँडेरै भए पनि मतदान गर्न आफू उत्साहित भएको उनी बताउँछन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार लाङटाङस्थित मतदान केन्द्रमा निर्वाचन गराउन मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेम शंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको छ । 

निर्वाचन टोलीले बुधबार सर्वदलीय बैठक राखेर आवश्यक प्रक्रिया सुरु गरेका छन् । पाँच सयभन्दा कम मतदाता रहेका केन्द्रमा चार जना कर्मचारी खटाइने प्रावधान अनुसार कर्मचारी खटाइएको बताइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ५ : २५ बजे

कोशी प्रदेशस्तरीय ओपन बास्केटबल : सुनसरी र इलाम फाइनलमा भिड्ने

सुनसरी– धरानमा जारी कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिताको फाइनलमा

नेपाल ‘एक चीन नीति’बाट कुनै अवस्थामा दायाँबायाँ हुँदैन : उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति

हत्या अभियोगमा फरार व्यक्ति वृद्धाश्रमबाट पक्राउ

पोखरा– तनहुँको देवघाटमा कुटपिट गरी हत्या गरिएको अभियोगमा फरार रहेका

प्रदेशसभा सदस्य सुनीता ‘डेफ नेसन एक्पो’मा सहभागी हुने 

पोखरा – गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन

कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो

गुल्मी– शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर  निरन्तरको पहिराका कारण आज पनि