चीनद्वारा सर्बियालाई ‘गोप्य’ विमानभेदी हतियार आपूर्ति | Khabarhub Khabarhub

चीनद्वारा सर्बियालाई ‘गोप्य’ विमानभेदी हतियार आपूर्ति


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाल्कन मुलुक सर्बियाले चीनबाट ‘गोप्य’ विमानभेदी क्षेप्यास्त्र प्राप्त गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेसँगै पूर्वी युरोपमा तनाव बढिरहेका बेला सर्बियाली सेनाले चीनबाट अत्याधुनिक विमानभेदी क्षेप्यास्त्र प्रणाली आपूर्ति गरेको हो ।

फाइनान्सियल पोष्टका अनुसार चीनले सर्बियाको राजधानी बल्ग्रेडमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आएका ६ वटा कार्गो विमानले जमिनबाट आकाशमा मार हान्न सक्ने हतियार ल्याएका थिए । यद्यपि यसबारे सर्बियाली पक्षले कुनै टिप्पणी नगरेको जनाइएको छ ।

यसअघि पनि चीनले सर्बियालाई हतियार उपलब्ध गराउँदै आएको थियो । यसबाहेक चीनले टर्की र बुल्गेरियालाई पनि हतियार आपूर्ति गरेको बताइएको छ ।

नेटो सदस्य मुलुकहरु टर्की र बुल्गेरियालाई हतियार आपूर्ति गरेबाट चीनको अन्तर्राष्ट्रिय पहुँच बढ्दै गएको विश्लेषण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सर्बियालाई चीनले हतियार आपूर्ति गरेबाट कोसोभोको सार्वभौमिकता बारे पश्चिमा मुलुकलाई चिन्तित तुल्याएको विश्लेषण गरिएको छ । हाल स्वशासित रुसमा शासन चलाइरहेको कोसोभोलाई सर्बियासँगै चीन र रुसले पनि स्वतन्त्र राज्यको मान्यता दिएका छैनन् ।

यसअघि सन् २०२० अमेरिकाले सर्बियालाई चिनियाँ विमानभेदी हतियार एचक्यू २२ खरिद नगर्न चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ७ : २८ बजे

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर– गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

बलेवा– बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको

आजबाट जसपाको संघीय परिषद् बैठक

 काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संघीय परिषदको बैठक

गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्‌याउन थालियो

म्याग्दी– बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका