लोकसेवा बारे प्रचण्डको प्रतिक्रिया– समिति र आयोगले आफ्नो आफ्नो काम गरे « Khabarhub

लोकसेवा बारे प्रचण्डको प्रतिक्रिया– समिति र आयोगले आफ्नो आफ्नो काम गरे


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्चार्ज र सहइन्चार्ज लगायत पार्टीका विभागहरुको गठन प्याकेजमा नै गरिने बताएका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली विदेश भ्रमणबाट फर्किए लगत्तै पार्टी एकताका काम टुंगिने प्रचण्डको भनाइ थियो । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले छलफल र तयारी नपुगेका कारण इन्चार्ज र सहइन्चार्ज तोक्न ढिलाइ भएको बताए ।

‘केही जिल्लामा हाम्रो छलफल पुगेन । इन्चार्ज सहइन्चार्ज तोक्न नसकेको होइन’ प्रचण्डले भने,‘हामी प्याकेजमा सहमति गर्छौं । विभिन्न आयोगहरु प्याकेजमा नै गर्ने हो प्रधानमन्त्री आएपछि समस्या समाधान हुन्छ । ’

उनले इन्जार्च र सहइन्चार्जमा दोहोरो पद हुँदै हुन्न र हुनैपर्छ भन्ने भन्ने निरपेक्ष कुरा गर्न नहुने बताए ।

विधयेकहरुमा विरोध भइरहेको छ, सरकारले ल्याउन नजानेको कि यत्तिकै विरोध भइरहेको भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले विधेयक बनाउँदा तयारी नपुगेको स्वीकार गरे ।

‘विधेकयमा तयारी राम्ररी नपुगेको हो । पक्कै पनि पार्टी र सरकार सतर्क भएको छ । आगामी दिनमा छलफल गरेर अघि बढाउनुपर्छ’  उनले भने ।  प्रचण्डले गुठी र मिडियासम्बन्धीसहित अन्य विधेयकमा आवश्यक परिमार्जन गरेर अघि बढ्ने बताए ।

त्यसतै लोकसेवा आयोगलाई राज्य व्यवस्था तथा सुशासन समितिले पदपूर्ति आह्वान बन्द गर्न दिएको निर्देशन बारे प्रधानमन्त्री स्वदेश फर्किएपछि छलफल हुने प्रचण्डले बताए ।

समितिले र आयोगले आफ्नो आफ्नो काम गरेको भन्दै प्रचण्डले यस विषयमा छलफल गरेर निष्कर्षमा पुग्नु पर्ने बताए । ‘प्रधानमन्त्री जी आएपछि सकारात्मक रुपमा अघि बढाउनुपर्छ’ प्रचण्डले भने,‘समितिले आफ्नो काम गरेको छ, सरकारले आफ्नो काम गरेको छ अब छलफल गरेर अघि बढ्नुपर्छ ।’

प्रचण्डले चितवनमा बन्न लागेको रंगशाला निर्माणका क्रममा भएका समस्या सामान्य भएको प्रतिक्रिया दिएका छन् । रंगशाला निर्माण राष्ट्रिय गौरवको जस्तै आयोजना भएको भन्दै प्रचण्डले ठूला काम गर्दा कहिलेकाही सानो समस्या देखा पर्ने बताए ।

‘यो राष्ट्रिय गौरवको आयोजना हो । चितवनका लागि समृद्धिको यात्राको लागि यसले सहयोग गर्छ । हामी सबैले यसमा योगदान गर्नुपर्छ’ प्रचण्डले भने,‘ यसो गर्दा पनि रकम पुगेन भने यसलाई सरकारले सहयोग गर्छ । चन्दाको भरमा मात्र यत्रो ठूलो आयोजना सम्पन्न हुन गारो पर्छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ११ : २१ बजे

जलाएको १० महिनापछि उभियो चुच्चेपाटीको भाटभटेनी (तस्बिरहरू)

काठमाडौं– चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

एजेन्सी– स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २००

पुल बनेपछि आवतजावत सहज

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा

रास्वपाले अस्वीकार गरिदियो माओवादी युद्धको इतिहास

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो राजनीतिक दस्ताबेजबाट माओवादी सशस्त्र

नेयमार उपलब्ध भएपछि उत्साहित एन्सेलोट्टीले भने : स्कटल्यान्डको ‘लडाकु’ टोलीसँग सतर्क र तयार छौँ

काठमाडौं- ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले आफ्ना खेलाडीहरूलाई स्कटल्यान्डको उच्चस्तरीय