कतारमा पकेट मार्ने ५ एसियाली नागरिक पक्राउ  | Khabarhub Khabarhub

कतारमा पकेट मार्ने ५ एसियाली नागरिक पक्राउ 



दोहा – भिडभाडमा पकेट मार्ने ५ जना एसियाली नागरिकलाई कतारमा पक्राउ गरिएको छ ।

कतारको गृह मन्त्रालयका अनुसार पैसा र व्यक्तिगत सरसामान ठगी गर्ने एसियाली देशका ५ जनाको गिरोहलाई पक्राउ गरिएको हो।

भिडभाड स्थलमा घुमफिर गर्दा विचलित भई गिरोहले कैयौँ व्यक्तिको पैसा र व्यक्तिगत सरसामान चोरेको सूचना प्राप्त भएको अपराध अनुसन्धान विभागले जनाएको छ ।

मन्त्रालयले खोजी तथा सूचना सङ्कलनका लागि विशेष टोली गठन गरी ५ जनालाई पक्रेको हो । उनीहरूले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् र उनीहरूका साथबाट चोरीका केही सामग्रीहरू पनि फेला परेको छ ।

अभियुक्तहरूलाई कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित निकायमा पठाइएको मन्त्रालयले जनाएको छ । भिडभाड हुने ठाउँमा व्यक्तिगत सरसामानको ख्याल गर्न र कुनै शंकास्पद घटना देखिएमा आकस्मिक सेवामा फोन गरेर जानकारी गराउन मन्त्रालयले सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ७ : ४८ बजे

मनसुन कमजोर हुँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं– मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको

एमसीए–नेपालका दुई प्रसारण लाइन निर्माण सम्झौता

काठमाडौं– संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न

टप टी-२० सिरिज: अस्ट्रेलियासँग भिड्दै नेपाल

काठमाडौं – बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजमा

मानव–वन्यजन्तु द्वन्द्व घटाउन पोखरी निर्माण

दमौली– वनमा पानीको स्रोत मासिँदै गएपछि मानव वस्तीमा वन्यजन्तु आउन

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं– सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बिहान ११ः४५ बजे सङ्घीय संसद्