झडप गराएको आरोपमा मेयरका उम्मेदवार पक्राउ « Khabarhub

झडप गराएको आरोपमा मेयरका उम्मेदवार पक्राउ


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ परेका छन् ।

झडप गराएको आरोपमा प्रहरीले मेयरका स्वतन्त्र उम्मेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएको हो । माओवादी केन्द्र निकट उनी महिला बसिरहेको स्थानमा गएर उनले गालीगलौज गरेपछि झडप भएको स्थानीय राधा महतोले जानकारी दिइन् ।

घटना स्याउली चोकमा भएको हो । महतोका अनुसार उमाकान्तको टोलीले गालीगलौज गरेपछि झडप हुँदा एमाले पक्षका श्याम न्यौपाने घाइते भएका छन् ।

घाइते न्यौपानेको अवस्था सामान्य छ। पक्राउ परेका उमाकान्तको बारेमा थप जाँचबुझ भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  १० : ३२ बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना