केपिलासगढी गाउँपालिकामा नमुना मतगणना « Khabarhub

केपिलासगढी गाउँपालिकामा नमुना मतगणना


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको केपिलासगढी गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले नमुना मतगणना गरेको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको मतगणनाको अभ्यासस्वरूप बिहीबार बिहान नमुना मतगणना गरिएको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेपछि  नमुना मतगणना गरिएको हो । निर्वाचनपछि मतगणना गर्ने अभ्यास र सीप विकासका लागि मत गणनाको रिहर्सल गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

केपिलासगढीमा मतगणनास्थललाई बाँसको भाटा र भलिबलको जाली प्रयोग गरेर घेरा लगाइएको छ । मतगणना गर्ने कर्मचारी र उम्मेदवारका प्रतिनिधि बस्ने ठाउँको बीचमा घेराबारा हालेर सुरक्षा व्यवस्था मिलाइएको छ । मतगणनास्थलमा सीसी क्यामेरा पनि जडान गरिएको निर्वाचन अधिकृत राईले बताए । 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ११ : ३४ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको