विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने संयुक्त राष्ट्रसंघका महासचिवको भनाइ « Khabarhub

विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने संयुक्त राष्ट्रसंघका महासचिवको भनाइ


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वमा खाद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताएका छन् ।

उनले केही वर्षयतादेखि नै विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने अवस्था देखिँदै आएको तर युक्रेन र रुसबीच जारी द्वन्द्वका कारण पछिल्ला दिनमा यसको समस्या झन् बढी देखिएको बताए ।

विश्वमा दिन प्रतिदिन खाद्य संकट बढ्दै गएको भन्दै यसका लागि केही न केही गर्नुपर्ने उनको भनाइ छ । विश्वका मुलुकहरूलाई खाद्यान्नको सुरक्षाका लागि पनि विशेष खालका कार्यक्रमहरू लक्षित गर्न उनले आग्रह गरे ।

उनले अहिले विश्वमा खाद्य असुरक्षा बढ्दै गएको र त्यस्तै अवस्था आफूले हालै गरेको युक्रेन र रुसको भ्रमणका क्रममा पनि देखिएको खाद्य सुरक्षाका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

अष्ट्रियाको राजधानी भियनामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनेले सो कुरामा जोड दिएका हुन् ।

रुस युक्रेनबीच जारी द्वन्द्वका कारण इन्धनको आपूर्तिमा समस्या देखिएको र त्यसबाट उत्पन्न भएको समस्याबाट हाल ती दुई देश मात्र नभएर बाहिरी विश्व पनि समस्यामा परेको महासचिव गुटरेसको भनाइ छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  १२ : ४४ बजे

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि