मौन अवधिमा समेत रोकिएन गाँजा तस्करी « Khabarhub

मौन अवधिमा समेत रोकिएन गाँजा तस्करी


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- प्रहरीले गाँजासहित एकजनालाई पक्राउ गरेको छ । बिहीबार जिल्ला सदरमुकाम मलंगवा नगरपालिका-८, स्थित राजश्री सिनेमा घर नजिकैबाट गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थान बस्ने १९ वर्षका रुस्तमकुमार यादव रहेको प्रहरीले जनाएको छ । उनकाे साथबाट प्लास्टिकमा पोको पारेर टाउकोमा बोकेको अवस्थामा १३ किलो ९ सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीकाे भनाइ छ ।

यादवलाई शंका लागेर चेकजाँच गर्दा उनले बोकेको पोकोमा गाँजा फेला परेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । आवश्यक कारबाहीका लागि बरामद गाँजासहित यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  १ : २८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन