भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनी आउने « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनी आउने


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने भएका छन् । बुद्ध जयन्तीको दिनमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आउन लागेका हुन् ।

मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा गरेको हो । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणामा लुम्बिनी भ्रमणमा आउन लागेका हुन् ।

लुम्बिनी भ्रमणको बेला दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेजको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै देशका प्रधानमन्त्रीले लुम्बिनीमा रहेको मायादेवीको मन्दिरमा प्रार्थना गर्ने कार्यक्रम पनि रहेको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीलाई लुम्बिनीमा नै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

लुम्बिनीमा नै दुई देशका प्रधानमन्त्रीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल-भारत सम्बन्धका सबै आयामहरूमा छलफल हुने परराष्ट्रले जनाएको छ ।

भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्रले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीबाट सोही दिन स्वदेश फर्कने छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  २ : ५२ बजे

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

गण्डकी– सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष (आव) २०८३–८४

ट्राफिक कारबाहीबाट ६ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमन एक हजार

नेपाल थारु संघको पहिलो महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजदेखि

एमाले छाडिसकेका अरगरियालाई ओलीले दिए पार्टीको जिम्मेवारी

काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टी परित्यागको घोषणा

पर्यटकले ढोरपाटनका होटल भरिभराउ, बास नपाएपछि सयौँ फर्किए

बागलुङ– लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका