मतदाता प्रभावित पार्न सडक सर्भे गरेको आरोप | Khabarhub Khabarhub

मतदाता प्रभावित पार्न सडक सर्भे गरेको आरोप


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- सिरानचोक गाउँपालिकाले मतदाता प्रभावित पार्ने गरी वडा नम्बर ७ स्थित श्रीनाथकोटमा मौन अवधिमा सडक सर्भे गरेकाे आराेप छ । बिहीबार गाउँपालिकाका प्राविधिक टोलीले उक्त ठाउँमा सडकको सर्भे गरेको स्थानीय विकास पाण्डेले बताए ।

उनले भने, ‘बिहान गाउँपालिकाका दुई जना प्राविधिक टोली आएर सडक सर्भे गरेका छन् । प्रहरीलाई खबर गरेपछि प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर गएको हो ।’

प्राविधिकहरू शिशिर भट्ट र पारस चन्दलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जौवारीका प्रमुख इन्स्पेक्टर प्रकाश पौडेलले जानकारी दिए ।

प्रहरीले उनीहरूलाई जनकल्याण माविको मतदान केन्द्रमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ४ : ०७ बजे

केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने

तेहरान – इरानले आफूमाथि भएको आक्रमण नरोकिएसम्म आणविक वार्ता नहुने

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटही