चीनमा उड्न लागेको विमानमा आगलागी | Khabarhub Khabarhub

चीनमा उड्न लागेको विमानमा आगलागी


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको चोङचिङ प्रान्तमा रहेको एक विमानस्थलमा हवाईजहाजमा आगलागी भएको छ ।

११३ यात्रु र ९ जना चालक दलका सदस्य बोकेको तिब्बत एयरलाइन्सको जहाजमा एक्कासी आगलागी भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । घटनामा २५ जना सामान्य घाइते भएको र बाँकी सबैलाई उद्धार गरिएको जनाइएको छ ।

सामान्य घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको चीनको सरकार सञ्चालित अखबार पिपुल्स डेलीले जनाएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा आगलागी भइरहेको विमानबाट धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ । त्यस्तै भिडियोमा उद्धारकर्मी तथा अग्नि नियन्त्रकहरूले विमानमा पानी हालिरहेको समेत देखिन्छ ।

तिब्बतको न्यिङ्चीका लागि उड्ने तयारीमा रहेको विमानमा चालक दलका सदस्यले ‘असामान्य’ गतिविधि भएको थाहा पाएर विमानको उडान स्थगित गरेका थिए । त्यसपछि केही बेरमा विमानमा आगलागी भएको एएफपीले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ४ : १० बजे

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

भोजपुर– भोजपुरमा भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ ।

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

म्याग्दी– लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो सहरी

दुम्कीवास–दाउन्ने सडक : चार दिनदेखि ठप्प, यात्रुलाई सास्ती

नवलपरासी– पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट

वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार बढी विद्युतीय सवारी आयात

वीरगञ्ज– पर्साको वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को ११

सुनकोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

खोटाङ– सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन