भक्तपुरका बौद्ध सम्पदा अध्ययन गर्न साइकल यात्रा हुँदै | Khabarhub Khabarhub

भक्तपुरका बौद्ध सम्पदा अध्ययन गर्न साइकल यात्रा हुँदै


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- बुद्ध जयन्तीको अवसरमा बुद्ध जयन्ती समारोह समिति, मुनि विहार भक्तपुर तथा साइकल कनेक्ट भक्तपुरको संयुक्त आयोजनामा भक्तपुरमा रहेका बौद्ध सम्पदाको साइकलमार्फत अध्ययन भ्रमण हुने भएको छ ।

३१ वैशाखमा बिहान ७ बजे भक्तपुर इनाचोमास्थित मुनि बिहारबाट शुरु हुने यात्रामा सहभागीले भक्तपुरका विभिन्न महाविहार, बाहा, बही तथा चैत्यहरूको अध्ययन भ्रमण गर्ने छन् । 

साइकल यात्रा धर्मोत्तम महाविहार (मुनि विहार) खँचाबाट सुरू भइ इन्द्रवर्ण महाविहार इनाचो,  मंगल धर्मदीप महाविहार( झौरबही) गोलमढी, लुँ बहा, सुकुलढोका चतुरब्रह्म महाविहार साकोठाबाट टौमढी हुँदै अखण्डशील महाविहार–बोलाछेँ, नासमना पुग्नेछ । त्यहाँंबाट पुनः खौमा बहा–खौमा, पद्मपानी लोकेश्वर (लस्क द्य)– इनाछेँ, जेतवर्ण महाविहार–तेखापुखु, कुटु बही– भार्वाचो, थथु बही–नः पुखू, पुण्य जेतवन महाविहार– इटाछे पुग्नेछ । त्यहाँंबाट पुनः भक्तपुर दरबार स्वायर–बालाखु–त्रिपुरासुन्दरी–छुमागणेश–महालक्ष्मी–वाउँ बहा, बेखाल, प्रशन्नशील महाविहार– क्वाथन्दौबाट नवदुर्गा– गछें पुग्नेछ । त्यहाँबाट पुनः आदिपद्म महाविहार–सूर्यमढीबाट जेंंला–वाचु टोल हुँदै पुनः मुनिविहारमा पुगेर समापन हुने छ । 

सम्पदा अध्येता तथा लेखक गणेशराम रञ्जितले कार्यक्रमका सहभागीलाई भक्तपुरमा रहेका विभिन्न बौद्ध सम्पदा सम्बन्धित इतिहास तथा किंवदन्तीको बारे यात्राको दौरान जानकारी दिनेछन् । भक्तपुरका युवा पुस्तालाई यहाँका सम्पदाको विषयमा ज्ञान दिन र सम्पदाको महत्व संरक्षणको बारे सचेत बनाउन अध्ययन भ्रमण आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

कार्यक्रममा सहभागी भएर सम्पदाबारे अध्ययन अवलोकन गर्न तथा भक्तपुरमा साइकल संस्कृतिलाई विकास गर्न सबैलाई निमन्त्रणा गर्दै भगवान बुद्धको शान्ति, मैत्री र करूणाको सु–सन्देश फैलाउन सबैले योगदान गर्न आयोजकको तर्फबाट साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाले आह्वान गरेका छन् । 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ५ : ४३ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता