रसुवामा निर्वाचनको सम्पूर्ण तयारी पूरा « Khabarhub

रसुवामा निर्वाचनको सम्पूर्ण तयारी पूरा


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । 

जिल्लामा मतदान केन्द्रमा कर्मचारी खटाउने, निर्वाचन सामग्री मतदान केन्द्रहरूमा पुर्‍याउने, सुरक्षाकर्मी खटाउने र मतदान केन्द्रको निर्माण गर्ने लगायतका सबै काम सकिएको छ । 

मतदान गर्नका लागि ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्रको निर्माण सकिएको छ । यसपटक वर्षाको सम्भावना भएकाले प्रत्येक मतदान केन्द्रमा त्रिपालको व्यवस्था गरिएको छ । मतदान केन्द्रको निर्माण सकिएको र केही काम मात्र बाँकी रहेको आमाछोदिङ्मो गाउँपालिका–४ स्थित पार्वतीकुण्ड मावि स्रोत केन्द्रका मतदान अधिकृत सिता गुरुङले बताइन् । 

निर्वाचनको सबै तयारी सकिएको र बिहान ७ बजेबाट मतदान सुरु गरिने आमाछोदिङ्मो गाउँपालिका–२ नेसिङस्थित पार्वतीकुण्ड प्रावि मतदान केन्द्रका सहायक मतदान अधिकृत दीपरमण अधिकारीले बताए । मतदाताहरूको सजिलोको लागि महिला पुरुष छुट्टाछुट्टै रहने लाइन निर्माण, ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरू छिटो मतदान गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

निर्वाचनमा खटिएका कर्मचारीले सर्वदलीय बैठक राखेर आवश्यक प्रक्रिया अघि बढाएका छन् । बैठकमा मौन अवधिमा पालना गर्नुपर्ने नियम,  आचारसंहिता, उम्मेदवारका प्रतिनिधि, अशक्त तथा अपाङ्गता भएका व्यक्तिले मतदान गर्न सहज बनाउने लगायत विभिन्न विषयमा छलफल भएको छ ।

यसैगरी नयाँ मतदाताहरूलाई परिचयपत्र वितरण गर्ने काम पनि भइरहेको छ । निर्वाचनमा २ सय ९४ जना नेपाल प्रहरी, २१९ सशस्त्र प्रहरी र २८८ म्यादी गरी ८ सय १ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । 

जिल्लामा  निर्वाचनको लागि २ सय ५५ कर्मचारी खटिएका छन् । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ५ : ४८ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले