अस्ट्रेलियाले विश्व कप २०१९ जित्ला ? सहायक प्रशिक्षक पोन्टिङ भन्छन् – जित्छ | Khabarhub Khabarhub

अस्ट्रेलियाले विश्व कप २०१९ जित्ला ? सहायक प्रशिक्षक पोन्टिङ भन्छन् – जित्छ


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इङ्ल्यान्ड र वेल्समा हुने ५० ओभरको विश्व कप क्रिकेट ट्रफी अस्ट्रेलियाले रक्षागर्नसक्ने एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षक रिकी पोन्टिङले बताएका छन् ।

साविक विजेता अस्ट्रेलियाले यो वर्ष पनि विश्वकप ट्रफी आफ्नो पक्षमा पार्ने उनले विश्वास व्यक्त गरे ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बरियतामा छैठौं स्थानमा रहेको अस्ट्रेलियाका लागि प्रतिबन्धमा रहेका पूर्व कप्तान स्टेभन स्मिथ र डेभिड वार्नर टिममा फर्किएपछि विश्वकपमा अस्ट्रेलिया बलियो टिम बन्ने उनले बताएका छन् ।

दुई पटक आफै कप्तान र एक पटक टिमको सदस्यमात्रै हुँदा गरि तीन पटक विश्व कप उपाधि जिताएका पोन्टिङलाई केही दिन अगाडि प्रशिक्षक जस्टिन लाङ्गरले सहायक प्रशिक्षकमा नियुक्त गरेका थिए ।

“पक्कैपनि, हामीले विश्वकप उपाधि रक्षा गछौैं । अहिले भारत र इङ्ग्ल्यान्ड बलियो टोलीका रुपमा उभिएका छन् । तर, यदि स्टेभन र वार्नर टिममा फर्किए भने कुनैपनि टिमभन्दा अस्ट्रेलिया कमजोर हुँदैन्,” प्रशिक्षक पोन्टिङले भने,“म एउटा प्रशिक्षकका रुपमा मात्रै बोलिरहेको छैन् । हो, यो टिममा आउनु अघि पनि यहि भन्थे । इग्ल्यान्डमा रहँदा आफ्नो शैलिमा खेल्नु पर्छ । अस्ट्रेलिया पनि एक बलिायो प्रतिद्वन्दी टिम हो ।”
“दुई एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटका उत्कृष्ट खेलाडी जोसँगै थुप्रै अनुभव छ । सबैकुराले उक्त टिमलाई समग्रमा राम्रो बनाउँछ,” पोन्टिङले भने ।

स्मिथ र वार्नरको प्रतिबन्ध मार्च २८ सम्म रहनेछ भने स्मिथलाई एल्बो इन्जुरीले सताइरहेको छ त्यस्तै, अन्य खेलाडी पनि घाइते रहेको बताइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ५ : ११ बजे

फिल्म ‘बलिदान’को गीत सार्वजनिक, आमाको भूमिकामा हुन् ऋचा ?

काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन

टिचिङ अस्पतालबाट जेन-जी प्रदर्शनका शहिदहरुको शवयात्रा सुरु 

काठमाडौं– जेज-नी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते

‘किसुनजीको आश्रम जलेको देख्दा आँखा रसाउँछन्’

काठमाडौँ- सन्तनेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को ललितपुर, ठैव बाडेगाउँस्थित आश्रमको अवलोकनका

इटहरीको कार्यपालिका बैठक भुईँमै बस्यो 

काठमाडौं– इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक भुईँमा बसेको छ । महानगरको

लुटपाट गरेको दुई लाख नगद र सुनचाँदी फिर्ता

नेपालगन्ज– बाँकेको कोहलपुर नगरपालिका-११ स्थित राजस्व अनुसन्धान कार्यालयमा भएको आगजनीपछि