पुटिनकी पूर्व पत्नी सहित १२ जना बेलायती प्रतिबन्धको निशानामा « Khabarhub

पुटिनकी पूर्व पत्नी सहित १२ जना बेलायती प्रतिबन्धको निशानामा


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको वित्तीय सञ्जाललाई नियन्त्रण गर्न भन्दै पुटिनका निकटस्थहरुमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार प्रतिबन्धको निशानामा पुटिनकी पूर्व पत्नी तथा अरु आफन्तहरू छन् । बेलायतले पुटिनका १२ जना निकटस्थहरुमाथि प्रतिबन्धको घोषणा गरेको रोयटर्सले जनाएको छ ।

प्रतिबन्धमा पर्नेमा पुटिनकी पूर्व श्रीमती लुदमिला ओचेरेत्नाया र उनका केही आफन्तहरू रहेको बताइएको छ । प्रतिबन्धको सूचीमा रहेकामध्ये केही रुसी ग्यास कम्पनी गाजप्रोमको कार्यकारी पदमा रहेको बताइएको छ ।

प्रतिबन्ध अन्तर्गत उनीहरुमाथि यात्रा प्रतिबन्ध लगाइने तथा उनीहरुको सम्पत्ति रोक्का गरिने रोयटर्सले जनाएको छ । बेलायती विदेशमन्त्री लिज ट्रसले विज्ञप्ति जारी गर्दै पुटिनको आलिसान जीवनशैलीलाई उकास्ने उनको निकटस्थ वित्तीय सञ्जाललाई निशाना बनाइएको बताइन् । 

‘हामी पुटिनको विलासी जीवनशैलीलाई उकास्ने शंकास्पद सञ्जाल तथा उनको निकट वृत्तमा कायम पापको खुलासा गरी नियन्त्रण गरिरहेका छौँ ।’ ट्रसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘युक्रेनले जित्नुअघि हामी पुटिनको आक्रमणलाई सहयोग गर्ने र सहभागिता जनाउनेमाथि प्रतिबन्ध लगाउन जारी राख्नेछौँ ।’

अन्य पश्चिमा मुलुकहरुजस्तै बेलायतले पनि युक्रेनमाथि आक्रमण गर्ने रुसी कदमको दण्डस्वरु रुसका महत्वपूर्ण एवम् धनाढ्य तथा रणनीतिक रुपमा महत्वपूर्ण उद्योगहरुमाथि प्रतिबन्धको घोषणा गर्दै आएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : ०६ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी