पुटिनकी पूर्व पत्नी सहित १२ जना बेलायती प्रतिबन्धको निशानामा | Khabarhub Khabarhub

पुटिनकी पूर्व पत्नी सहित १२ जना बेलायती प्रतिबन्धको निशानामा


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको वित्तीय सञ्जाललाई नियन्त्रण गर्न भन्दै पुटिनका निकटस्थहरुमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार प्रतिबन्धको निशानामा पुटिनकी पूर्व पत्नी तथा अरु आफन्तहरू छन् । बेलायतले पुटिनका १२ जना निकटस्थहरुमाथि प्रतिबन्धको घोषणा गरेको रोयटर्सले जनाएको छ ।

प्रतिबन्धमा पर्नेमा पुटिनकी पूर्व श्रीमती लुदमिला ओचेरेत्नाया र उनका केही आफन्तहरू रहेको बताइएको छ । प्रतिबन्धको सूचीमा रहेकामध्ये केही रुसी ग्यास कम्पनी गाजप्रोमको कार्यकारी पदमा रहेको बताइएको छ ।

प्रतिबन्ध अन्तर्गत उनीहरुमाथि यात्रा प्रतिबन्ध लगाइने तथा उनीहरुको सम्पत्ति रोक्का गरिने रोयटर्सले जनाएको छ । बेलायती विदेशमन्त्री लिज ट्रसले विज्ञप्ति जारी गर्दै पुटिनको आलिसान जीवनशैलीलाई उकास्ने उनको निकटस्थ वित्तीय सञ्जाललाई निशाना बनाइएको बताइन् । 

‘हामी पुटिनको विलासी जीवनशैलीलाई उकास्ने शंकास्पद सञ्जाल तथा उनको निकट वृत्तमा कायम पापको खुलासा गरी नियन्त्रण गरिरहेका छौँ ।’ ट्रसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘युक्रेनले जित्नुअघि हामी पुटिनको आक्रमणलाई सहयोग गर्ने र सहभागिता जनाउनेमाथि प्रतिबन्ध लगाउन जारी राख्नेछौँ ।’

अन्य पश्चिमा मुलुकहरुजस्तै बेलायतले पनि युक्रेनमाथि आक्रमण गर्ने रुसी कदमको दण्डस्वरु रुसका महत्वपूर्ण एवम् धनाढ्य तथा रणनीतिक रुपमा महत्वपूर्ण उद्योगहरुमाथि प्रतिबन्धको घोषणा गर्दै आएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : ०६ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।