व्यास नगरपालिकाका मेयर उम्मेदवार जोशीलाई उपचारका लागि पोखरा लगियो | Khabarhub Khabarhub

व्यास नगरपालिकाका मेयर उम्मेदवार जोशीलाई उपचारका लागि पोखरा लगियो


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपराज जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ । दमौली अस्पतालमा सामान्य उपचार पश्चात् पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । 

‘केही मिनेट अगाडी मात्र दमौली अस्पतालको एम्बुलेन्समार्फत पोखरा पठाइएको छ’, उनले भने । प्रहरी निरीक्षक अधिकारीका अनुसार जोशीको आँखाको माथिपट्टी टाउकोमा चोट लागेको छ ।

जोशीलाई सुरुमा उपचारका लागि काठमाडौं लाने भनिएको थियो । एकातिर मौसम बिग्रेको र अर्कोतिर हेलिकोप्टर नपाएपछि एम्बुलेन्समार्फत पोखरा लगेको बुझिएको छ । 

व्यास नगरपालिका–८ रिस्तीमा रिस्ती गाविस भवन मतदान केन्द्रको निरीक्षणमा गएका जोशीलाई कांग्रेसका कार्यकर्ताले कुटपिट गर्दा उनी घाइते भएका थिए । यो वडा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह वडा हो । कांग्रेस कार्यकर्ताले जोशीलाई कुटपिट गर्नुका साथै उनी चढेको बा१५च ६०२८ नम्बरको स्कारपियो तोडफोड गरेका छन् ।

नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले व्यास नगरपालिकामा नेकपा एमालेसँग तालमेल गर्दै स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएको थियो । घाइते जोशी गोविन्दराज पुत्र हुन् ।

मतदानस्थलमा एजेन्ट किन छैन भनेर मतदान अधिकृतसँग सोध्दा आफूमाथि एकैचोटी हमला भएको जोशीले बताए । मतपत्र च्यातेपछि हातपात भएको कांग्रेसका कार्यकर्ताहरूले बताएका छन् ।न्युज कारखाना

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : १७ बजे

एमालेमा ओली जस्तै माओवादीले पनि देखेन प्रचण्डको विकल्प !

काठमाडौं- नेकपा एमालेको यही साउन ५ र ६ गते बसेको

जनसंगठनलाई विधान संशोधन प्रस्तावमा सुझाव दिन एमालेको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने

भारत–राष्ट्रसंघ कोषको सहयोगमा बुर्किना फासोमा बाँध निर्माण परियोजना सम्पन्न

काठमाडौं– भारत–राष्ट्रसंघ कोषको सहयोगमा अफ्रिकी मुलुक बुर्किना फासोमा बाँध निर्माण

ज्ञानेन्द्र असली राजै होइन, राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त हो – ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम राजा ज्ञानेन्द्र शाह असली

संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूको आग्रह

काठमाडौं– सङ्घीय संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूले आग्रह गरेका