भारतीय विदेशसचिव भन्छन्, ‘मोदी र देउवाबीच व्यापक एजेण्डामा छलफल हुनेछ’ | Khabarhub Khabarhub

भारतीय विदेशसचिव भन्छन्, ‘मोदी र देउवाबीच व्यापक एजेण्डामा छलफल हुनेछ’


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी सोमबार लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा उनका नेपाली समकक्षी शेरबहादुर देउवासँग जलविद्युत् तथा कनेक्टिभिटीका विस्तृत एजेण्डामा छलफल हुने भएको छ ।

भारतीय विदेश सचिव विनय मोहन क्वात्राले पत्रकार सम्मेलनका क्रममा दुई मुलुकका प्रधानमन्त्रीबीच विभिन्न क्षेत्रमा आपसी सहकार्यलाई विस्तार गर्ने विषयमा छलफल हुने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि गत महिना प्रधानमन्त्री देउवाले भारतको भ्रमण गरी मोदीसँग भेटवार्ता गरेका थिए । छोटो समयमा नै मोदीले फिर्ती भ्रमण गर्न लागेको विषयले भारतले नेपाललाई दिएको महत्व प्रष्ट भएको क्वात्राको भनाइ छ ।

‘यति छोटो समयमा नै फिर्ती भ्रमण तय हुनुले हाम्रो उच्च स्तरीय सम्बन्धको निकटता देखाउँछ ।’ क्वात्रालाई उद्धृत गर्दै भारतीय अनलाइन न्युज पोर्टल द प्रिन्टले जनाएको छ ।

एक दिने नेपाल भ्रमणका क्रममा मोदी बुद्ध जयन्तीका अवसरमा आगामी सोमबार लुम्बिनी आउँदैछन् ।

उनले लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तथा त्यहाँ भारत सरकारले निर्माण गर्न लागेको बौद्ध गुम्बाको लोकार्पण गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : २८ बजे

एमालेमा ओली जस्तै माओवादीले पनि देखेन प्रचण्डको विकल्प !

काठमाडौं- नेकपा एमालेको यही साउन ५ र ६ गते बसेको

जनसंगठनलाई विधान संशोधन प्रस्तावमा सुझाव दिन एमालेको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने

भारत–राष्ट्रसंघ कोषको सहयोगमा बुर्किना फासोमा बाँध निर्माण परियोजना सम्पन्न

काठमाडौं– भारत–राष्ट्रसंघ कोषको सहयोगमा अफ्रिकी मुलुक बुर्किना फासोमा बाँध निर्माण

ज्ञानेन्द्र असली राजै होइन, राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त हो – ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम राजा ज्ञानेन्द्र शाह असली

संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूको आग्रह

काठमाडौं– सङ्घीय संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूले आग्रह गरेका