कश्मीरबाट ‘खुँखार आतंककारी’ पक्राउ « Khabarhub

कश्मीरबाट ‘खुँखार आतंककारी’ पक्राउ


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत प्रशासित कश्मीरको कुलगाम क्षेत्रमा एकजना खुँखार आतंककारी पक्राउ परेका छन् । पक्राउ परेका आतंककारी कुलगाम जिल्ला कै गडिहामा क्षेत्रका बासिन्दा यामिन युसफ रहेको प्रहरीको भनाइ छ ।

आतंककारी समूह लस्कर ए तैएबासँग आबद्ध रहेको बताइएको उक्त आतंककारीको सम्पर्क सीमापार पाकिस्तानमा रहेको भारतीय समचार संस्था टाइम्स अफ इण्डियाले जनाएको छ ।

भारतीय सेनाको ३४ औं एकाइ तथा कुलगाम प्रहरीको संयुक्त पहलमा आतंककारी पक्राउ परेका हुन् ।

पाकिस्तानी आतंककारीसँग नियमित सम्पर्कमा रहेका उनले लस्कर ए तैएबाबाट भारतीय भूमिमा आतंककारी आक्रमण गर्ने जिम्मा पाएको बताइएको छ ।

यसबाहेक उनले आतंककारीहरुले शरण दिने गरेको र हतियार तथा गोली गठ्ठा ओसार पसार पनि गर्दै आएको प्रहरीले जनाएको छ । उनको साथबाट हतियार, गोली गठ्ठा तथा विस्फोटक पदार्थ बरामद गरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ४८ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने