कश्मीरबाट ‘खुँखार आतंककारी’ पक्राउ « Khabarhub

कश्मीरबाट ‘खुँखार आतंककारी’ पक्राउ


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत प्रशासित कश्मीरको कुलगाम क्षेत्रमा एकजना खुँखार आतंककारी पक्राउ परेका छन् । पक्राउ परेका आतंककारी कुलगाम जिल्ला कै गडिहामा क्षेत्रका बासिन्दा यामिन युसफ रहेको प्रहरीको भनाइ छ ।

आतंककारी समूह लस्कर ए तैएबासँग आबद्ध रहेको बताइएको उक्त आतंककारीको सम्पर्क सीमापार पाकिस्तानमा रहेको भारतीय समचार संस्था टाइम्स अफ इण्डियाले जनाएको छ ।

भारतीय सेनाको ३४ औं एकाइ तथा कुलगाम प्रहरीको संयुक्त पहलमा आतंककारी पक्राउ परेका हुन् ।

पाकिस्तानी आतंककारीसँग नियमित सम्पर्कमा रहेका उनले लस्कर ए तैएबाबाट भारतीय भूमिमा आतंककारी आक्रमण गर्ने जिम्मा पाएको बताइएको छ ।

यसबाहेक उनले आतंककारीहरुले शरण दिने गरेको र हतियार तथा गोली गठ्ठा ओसार पसार पनि गर्दै आएको प्रहरीले जनाएको छ । उनको साथबाट हतियार, गोली गठ्ठा तथा विस्फोटक पदार्थ बरामद गरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ४८ बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको