देशभरका गरी ४४ वटा मतदान केन्द्रको मतदान स्थगित « Khabarhub

देशभरका गरी ४४ वटा मतदान केन्द्रको मतदान स्थगित


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  देशभरका गरी ४४ वटा मतदान केन्द्रको मतदान स्थगित गरिएको छ ।

निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा दलहरूको आपसी विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको हो ।

निर्वाचन आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गरी कतिपय मतदान केन्द्रमा मौसमको खराबीका कारण पनि स्थगित भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको पनि बताए ।

थपलियाले करिव ५४ प्रतिशत मतदान भएको र अपेक्षित मत नखसेको जनाए ।

आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवाद भएका कारण मतदान कार्य अवरुद्ध भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : २१ बजे

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने

नयाँ बजेटले उद्योगी व्यवसायी उत्साहित

चितवन– सरकारले आर्थिक वर्ष २०८३-८४ का लागि सार्वजनिक गरेको बजेटपछि

विशेष आर्थिक क्षेत्र दोमिल्लामा बहुउद्देश्यीय योग भवन निर्माण ९० प्रतिशत सकियो

कञ्चनपुर– कृष्णपुर नगरपालिका-१ दोमिल्लामा योग भवन निर्माण अन्तिम चरणमा पुगेको

अफगानिस्तानको जलालाबादमा ट्रक दुर्घटना, १८ जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा ट्रकमा

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा