ललितपुर महानगरमा भोलि गणना हुने, अरु पालिकामा मतपेटिका आउन बाँकी | Khabarhub Khabarhub

ललितपुर महानगरमा भोलि गणना हुने, अरु पालिकामा मतपेटिका आउन बाँकी


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरका विभिन्न स्थानबाट मतगणनास्थलसम्म मतपेटिका ल्याउन अझै बाँकी रहेको छ । पालिका केन्द्रबाट टाढा पर्ने वडामा रहेका मतदान स्थानबाट मतपेटिका ल्याउन बाँकी रहेको हो ।

ललितपुर महानगरपालिकामा भोलि बिहान ७ बजे बैठक सुरु गरेर ८ बजे मात्रै मतगणना गर्ने निर्णय भएको छ । उम्मेदवार र कर्मचारी सबै थाकेकाले भोलि मतगणना सुरु गर्ने गरी छलफल भएको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए ।

महानगरमा जम्मा ८६ हजार ५४० मत खसेको छ । महानगरमा जम्मा मतदाता एक लाख २२ हजार ८९० रहेका छन् ।

गोदावरी नगरपालिकामा मतपेटिका आउन अझै बाँकी रहेको छ । वडा नं ८ र ९ बाट मतपेटिका आउन बाँकी रहेको र त्यो आएपछि नै सर्वदलीय बैठक बसेर मतगणना आजै सुरु गर्ने वा भोलि गर्ने भनी टुङ्गो लाग्ने निर्वाचन अधिकृत श्रद्धा रिजालले जानकारी दिए ।

नगरपालिकामा ५४ हजार ३९९ मतदाता रहेका छन् ।

महाङ्काल गाउँपालिकामा नौ हजार १२ मतदाता रहेकामा सात हजार ६०० मत खसेको छ । यो ७७ दशमलव ९६ प्रतिशत हो । अझै दुई टाढा रहेका वडाबाट मतपेटिका आउन बाँकी छ । त्यहाँबाट आएपछि मात्रै मतगणना कहिले हुने भनी निर्णय हुने निर्वाचन अधिकृत सुशिला ज्ञवालीले जानकारी दिए ।

वाग्मती गाउँपालिकामा जम्मा मतदाता १२ हजार ३२८ मध्ये नौ हजार ६१७ ले मत हालेको निर्वाचन अधिकृत नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।

यहाँ जम्मा ७८ दशमलव ०१ प्रतिशत खसेको छ । यहाँका १७ मध्ये पाँच मतदानस्थलमध्ये मात्रै मतपेटिका आइपुगेको छ । सबै मतपेटिका आइपुगेका मतगणना सुरु हुने उनले बताए ।

कोञ्ज्योसोम गाउँपालिकामा ७५ दशमलव ५४ प्रतिशत मत खसेको छ । आज नै मतपेटिका आएपछि सर्वदलीय बैठक हुने निर्वाचन अधिकृत देवीकुमारी चौधरीले जानकारी दिए ।

मतगणना आज सुरु गर्ने तयारी रहेको उनले बताए ।

गाउँपालिकामा आठ हजार ५८८ मतदाता रहेका छन् । जिल्लामा कुल दुई लाख ४३ हजार ८८४ मतदाता पुगेका छन् । पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १० : ३२ बजे

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु