१०१ फर्म संचालकको संस्थागत तथा निजी सम्पत्ति रोक्का गर्ने राजस्वको चेतावनी « Khabarhub

१०१ फर्म संचालकको संस्थागत तथा निजी सम्पत्ति रोक्का गर्ने राजस्वको चेतावनी


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– आन्तरिक राजस्व कार्यालय वीरगञ्जले लामो समयदेखि कर नतिरेका र बक्यौता धेरै रहेका करदातासँग कर उठाउने भएको छ ।

त्यस्तो बक्यौता बाँकी रहेका १ सय १ फार्मको नाम राजस्व कार्यलयले लिस्टिङ समेत गरेको छ । कार्यालय अन्तरगत रहेका १०१ करदाताले आयकर, मूल्य अभिबृद्धि कर र अन्तः शुल्क बक्यौता दाखिला नगरेको देखिएको छ ।

अन्तरिक राजस्व कार्यालय वीरगञ्जले बाँकी बक्यौता रकम दाखिला गर्न भनी फर्महरुको नाममा १५ दिने सूचना समेत जारी गरेको छ ।

सूचनाको वेवास्ता गरे कानुन बामोजिम कारवाही प्रक्रिया अवलम्बन गरी बक्यौता असुलउपर गरिने कार्यालयले जनाएको छ । समयमै बक्यौता नबुझाउने करदाताको कारोबार रोक्का, बैंक खाता रोक्का र प्रोप्राइटर÷सञ्चालकको घरजग्गा रोक्का गर्ने समेत कार्यलयले चेतावनी दिइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  २ : ०४ बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार