बुटवल उपमहानगर र सिद्धार्थनगर नगरपालिमा कांग्रेसको अग्रता « Khabarhub

बुटवल उपमहानगर र सिद्धार्थनगर नगरपालिमा कांग्रेसको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – स्थानीय तह निर्वाचनको मतगणना रुपन्देहीका पालिकामा प्रारम्भ भएका छन् ।

जिल्लाको एक मात्र उपमहानगर रहेको बुटवल उपमहानगरको वडा नं १ बाट सुरु गरिएको मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।

उक्त वडामा ४०० मतगणना हुँदा कांग्रेसका नगर प्रमुख पदका प्रत्यासी खेलराज पाण्डेले सुरुआती अग्रता लिएका छन् । उनले २१५ प्राप्त गर्दा राप्रपाका मृगेन्द्रकुमार शेरचनले १७३ र नेकपा (एमाले)का बाबुराम भट्टराइले ७८ मत पाए ।

त्यसैगरी सिद्धार्थनगर नगरपालिकाको वडा नं १ मा ७९२ मत गणना हुँदा कांग्रेसको ३९१ मत, राप्रपाको १६५ मत र एमालेको ६२ मत रहेको छ । अन्य पालिकाबाट पनि प्रारम्भिक परिणाम आउन थालेका छन् ।

जिल्लामा १६ पालिकामध्ये एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेका छन् । शुक्रबार सम्पन्न मतदानमा जिल्लाभरिमा ७१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ९ : ०७ बजे

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन