मनाङको ङिस्याङ गाउँपालिका अध्यक्षमा एमालेको अग्रता « Khabarhub

मनाङको ङिस्याङ गाउँपालिका अध्यक्षमा एमालेको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको जारी मतगणनामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार कान्छा घलेले ६६८ मत ल्याउँदै अग्रता कायम गरेका छन् । जिल्लामा सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलब ८७ प्रतिशत मात्रै मत खसेको छ ।

कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार छिरिङ ओङमा गुरुङ घलेले ५२६ मत ल्याएकी छन् । यस्तै, स्वतन्त्रबाट उपाध्यक्षका उम्मेदवार छिरिङ गुरुङले ५९९ मत ल्याएका छन् । रिन्जेन धोर्जे गुरुङले ५०७ मत ल्याएका छन् ।

यसैबीच वडा नम्बर १ को अध्यक्षमा एमालेका मिङमर गुरुङ १६२ मतसहित विजयी भएका छन् । वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका खम्बा गुरुङ ६४ मतसहित विजयी भए । वडा नम्बर ३ मा स्वतन्त्रका कृष्ण लामा यसअघि नै निर्विरोध भएका थिए ।

यस्तै, वडा नम्बर ४ मा एमालेका कमल गुरुङ ८७ मतसहित विजयी भए । वडा नम्बर ५ मा कांग्रेसका कर्म सेरप वाङगेल लामा १११ मतसहित विजयी भए । वडा नम्बर ६ मा एमालेका सोनाम गुरुङ १३५ मतसहित विजयी भएका छन् । वडा नम्बर ७ मा कांग्रेसका गुरक्याप गुरुङ ८७ मतसहित विजयी भएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : १३ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण