अलैंचीका दानाबाट लमजुङका किसानले कमाए ५ करोड २५ लाख | Khabarhub Khabarhub

अलैंचीका दानाबाट लमजुङका किसानले कमाए ५ करोड २५ लाख


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लमजुङका कृषकहरुले यस वर्ष अलैंचीका दान बिक्री गरेर ५ करोडभन्दा बढी आम्दानी गरेका छन् ।

गत वर्ष लमजुङका किसानले अलैंचीका दानाबाट ४ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेका थिए । यस वर्ष ७७ लाख बढी ५ लाख २५ हजार रुपैयाँ आम्दानी भएको छ ।

गत वर्ष ६ सय क्विन्टल अलैंची आम्दानी भएकोमा यस वर्ष ७ सय ५० क्विन्टल अलैंची उत्पादन भएको अलैंची व्यवसायी महासंघ लमजुङले जनाएको छ ।

गत वर्ष प्रतिकिलो ६०० देखि ८०० रुपैयाँसम्म बिक्री अलैंची यस वर्ष भने प्रतिकिलो रु ६०० देखि ७५० सम्ममा बिक्री भएको महासंघ जिल्ला शाखाले जनाएको छ ।

लमजुङका किसानले कुनै बेला प्रतिकिलो २ हजार २०० सम्म अलैँची दाना बिक्री गरेका थिए । तर, अहिले उक्त रकमको आधा मूल्यसमेत पाउन सकेका छैनन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ३ : ०८ बजे

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

खडेरीपछिको वर्षाले किसानलाई राहत

धनुषा – लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत

तायाःमचा नृत्यको प्रचारप्रसारका लागि नृत्य प्रतियोगिता

कास्की – नेवार समुदायमा प्रचलित तायाःमचा नृत्य यो समुदायमा मात्र