रुसद्वारा फिनल्याण्डतर्फ विद्युत् आपूर्ति बन्द « Khabarhub

रुसद्वारा फिनल्याण्डतर्फ विद्युत् आपूर्ति बन्द


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले फिनल्याण्डतर्फ विद्याुत आपूर्ति बन्द गरिदिएको छ । रुसको सबैभन्दा ठूलो बिजुली कम्पनी राओ नर्डिकले आपूर्ति गरिएको बिजुलीको भुक्तानी नगरेको कारण शनिबारदेखि फिनल्याण्डलाई बिजुली आपूर्ति बन्द गरेको जनाएको छ ।

कम्पनीकाअनुसार बिजुलीको भुक्तानी प्राप्त गर्न केहि समस्याहरू उत्पन्न भएका थिए जसका कारण उनीहरूले आपूर्ति निलम्बन गर्ने निर्णय गरेको रुसको तास समाचार एजेन्सीले जनाएको छ ।

फिनल्याण्डको राष्ट्रिय विद्युत प्रसारण ग्रिड अपरेटर फिनग्रिडले पनि एक तथ्याङ्कमा सो कुराको पुष्टि गरेको छ । कम्पनीका अनुसार बजारमा बेचेको बिजुलीको भुक्तानी प्राप्त गर्न समस्या भएका कारण रूसबाट आयात गरिएको बिजुलीको थप बिक्री अर्को सूचना नभएसम्म रोकिनेछ ।

धेरै वर्षदेखि रूसबाट फिनल्याण्डमा बिजुली आयात हुँदै आएको छ । ‘यो अवस्था असाधारण छ र हाम्रो व्यापारिक इतिहासको बीस वर्षमा पहिलो पटक भएको हो’ कम्पनीले भन्यो ।

रुस र फिनल्याण्डबीच १ हजार ३ सय किलोमिटर लामो सीमा जोडिन्छ । आइतबारमात्र फिनल्याण्डले नेटोमा सदस्यताका लागि आवेदनको औपचारिक घोषणा गर्ने अपेक्षा गरिएको छ ।

यद्यपि फिनल्याण्डले नेटो सदस्यताका लागि आवेदन दिने विषय रुसबाट विद्युत् आपूर्तिसँग नजोडिएको तास समाचार संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : १४ बजे

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न सरकारसँग आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त,

चार दिने भ्रमण सकेर फर्किए भारतीय सेना प्रमुख सेठ, के के भयो उपलब्धि ?

काठमाडौं- भारतीय स्थल सेनाका प्रमुख (सीओएएस) जनरल धीरज सेठ चारदिने

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका

इरानसँग तत्काल वार्ताको कुनै योजना छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल वार्ता वा छलफल गर्ने

चारदिने नेपाल भ्रमणपछि फर्किए भारतीय सेनाध्यक्ष सेठ

काठमाडौं– चारदिने नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज