गोसाइँकुण्ड गाउँपालिकाको मतगणना जारी | Khabarhub Khabarhub

गोसाइँकुण्ड गाउँपालिकाको मतगणना जारी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको मतगणना जारी  छ ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका ४ लाङटाङको मतपेटीका ल्याइएसँगै गोसाईकुण्ड गाउँपालिकाको मतगणना सुरु भएको हो । पहिले हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने तयारी गरिएपनि पछिल्लो समय पैदल मार्गबाट नै मतपेटिका ढुवानी गर्नका लागि सर्कुलर भए अनुसार आज साढे ३ बजे मतपेटीका सदरमुकाम ल्याइएको हो ।

मतपेटीका सदरमुकाम धुन्चे स्थित मतगणनास्थलमा आइपुगे पश्चात सर्वदलिय बैठक बसी साँझबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । गाउँपालिकाको वडा नम्बर १ बाट मतगणनाको कार्य सुरु भएको छ । शुक्रबार भएको स्थानिय तहको निर्वाचनका लागि गाउँपालिकामा ४ हजार ७ सय ७३ मतदाताले मतदान गरेका थिए ।

त्यसैगरि जिल्लाका अन्य चार वटा गाउँपालिकामा समेत गएरातीदेखि नै मतगणनाको कार्य जारी रहेको छ । जिल्लामा ५ वटा गाउँपालिका रहेको छ । जसमा २७ वटा वडा रहेका छन् ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ५९ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म