१४ स्थानीय तहको मतपरिणाम आउँदा कुन दलको अवस्था कस्तो ? « Khabarhub

१४ स्थानीय तहको मतपरिणाम आउँदा कुन दलको अवस्था कस्तो ?


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहको निर्वाचन अन्तर्गत १४ स्थानीय तहमा प्रमुख पदको मतपरिणाम सार्वजनिक हुँदा नेकपा (एमाले) ले अग्रता लिएको छ ।

प्राप्त पछिल्लो नतिजाअनुसार नेकपा एमालेले ६ वटा स्थानीय तहमा मेयर र गाउँपालिका अध्यक्षमा जित हासिल गर्दै अग्रता लिएको हो । एमालेले जारी मतगणनामा १ सय ७० भन्दा बढी स्थानमा अग्रता कायम गरेको छ ।

सत्तारुढ नेपाली कांग्रेसले ५ स्थानमा मेयर र गाउँपालिका अध्यक्षमा जित हासिल गरेको छ भने जारी मतगणनामा २ सय ६० भन्दा बढी स्थानीय तहमा अग्रता लिएको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले २ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ । १० स्थानमा नेकपा (एस) का उम्मेदवारले अग्रता लिएका छन् ।

नेकपा (माओवादी केन्द्र) ले एक प्रमुख पदमा जित हासिल गरेको छ । माओवादीले १ सय स्थानीय तहमा अग्रता लिएको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालले २३ स्थानीय तहमा अग्रता लिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ६ स्थानमा अग्रता लिएको छ ।

अन्य २९ स्थानीय तहमा स्वतन्त्र तथा अन्य पार्टीका उम्मेदवारहरुले अग्रता लिएका छन् । देशभर मतगणना जारी छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १ : २६ बजे

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत आइतबार नेपाली लेग

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको