पानी नहुँदा बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउन समस्या « Khabarhub

पानी नहुँदा बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउन समस्या


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्ष बाट शुरु गर्ने स्पष्ट पारेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले २०७२ सालमा गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा भूकम्प स्मारक बनाउने काम आगामी आर्थिक वर्षबाट शुरु गर्ने गरी बजेटको व्यवस्था गरिएको जानकारी दिए ।

बुधबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले त्यसका लागि आवश्यक पानी, बाटो, पाटीपौवालगायतका पूर्वाधार निर्माणको कामलाई हाल प्राधिकरणले तीब्रता दिइरहेको बताए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पानीको स्रोतको व्यवस्थापनमा कठिनाई भएकाले पनि सो पार्क निर्माणको कामलाई अघि बढाउन ढिलाई भएको उल्लेख गरे ।

प्राधिकरणले भूमिहिनहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन २ लाख नगद वा उनीहरुले चाहेको ठाउँमा जग्गाको लालपूर्जा उपलब्ध गराउने कामलाई पनि अघि बढाइएको जनाएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूमिहिनलाई जग्गा उपलब्ध गराएर पुनर्निर्माणको कामलाई अघि बढाउन आवश्यक कार्यविधि तय गरिएको र त्यसलाई तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

प्राधिकरणका अनुसार हालसम्म ८ सय जनाले पुनर्निर्माणका लागि जग्गा उपलब्ध गराउन माग गर्दै प्राधिकरणमा उजुरी दिएका छन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राचीन मौलिकता नहराउने गरी सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाएको दावी गरे । उनले २ वर्ष भित्र धरहरा पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिइएको पनि समितिलाई जानकारी गराए ।

प्राधिकरणले समितिलाई बुझाएको कार्य प्रगति विवरणमा निजी आवास पुनर्निर्माणको कामलाई चालू आर्थिक वर्ष भित्र सम्पन्न गर्ने दावी गरिएको छ । त्यसैगरी सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिन सुरु गरिएको पनि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ४ : २९ बजे

दोलखाका ९ वटै स्थानीय तहले ल्याए बजेट : कुन पालिकाको कति बजेट ?

दोलखा– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड

राजनीतिक व्यक्तित्वमाथिको धरपकडले देशलाई अन्तर्द्वन्द्वतर्फ धकेल्न सक्छ : झलनाथ खनाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ

चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा

अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिका र इरानबीच सम्पन्न समझदारीपत्र (एमओयू)को