बाराका ६ वडाको मतगणना सकियो | Khabarhub Khabarhub

बाराका ६ वडाको मतगणना सकियो

कांग्रेस तीन, एमाले दुई र जसपा एकमा विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलैया- बारा जिल्लाका ६ वडाको मत गणना सकिएको छ । मतगणनाअनुसार कांग्रेसले ३, एमालेले  २ र जसपाले एक वडामा जित हासिल गरेको छ । निजगढ नगरपालिका वडा नम्बर १३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसका उम्मेदवार सूर्य घलानले ७७९ मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उनी सोही पदमा निर्वाचित भएका थिए ।  

यसैगरी जितपुरसिमराको वडा नम्बर १ र २४ मा पनि कांग्रेसका उम्मेदवार विजय भएका छन् । वडा नम्बर २३ मा नेकपा (एमाले) र प्रसौनी गाँउपालिकाको वडा नम्बर १ मा पनि एमाले कै वडाध्यक्ष निर्वाचित भएको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए । 

त्यसैगरी करैयामाई गाउँपालिकाको वडा नम्बर १ मा जसपाका उम्मेदवारले प्यानलसहित जित हासिल गरेका छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १२ : ५२ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म