भक्तपुर नगरपालिकामा नेमकिपा दाेहाेरिने बाटाेमा | Khabarhub Khabarhub

भक्तपुर नगरपालिकामा नेमकिपा दाेहाेरिने बाटाेमा


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले यस पटककाे स्थानीय तह निर्वाचनमा पनि आफ्नो वर्चस्व कायम राख्ने स्थिति देखिएको छ । नेमकिपाले आफू कमजोर ठानेकाे भक्तपुर नगरपालिका १ र भक्तपुर नगरपालिका ३ मा पनि फराकिलो अन्तरले प्यानलसहित विजयी भएपछि नेतृत्व दाेहाेरिने सम्भावन देखिएकाे हाे । 

भक्तपुरमा १० वडा छन् । यी मध्ये वडा नम्बर १ र ३ नेमकिपाका लागि सबैभन्दा चुनौतिपूर्ण थियो । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका सम्पूर्ण दल एक भई नेमकिपालाई हराउन गठबन्धन बनाएका थिए । तर, परिणामअनुसार नेमकिपा सबै राष्ट्रिय पार्टीको संयुक्त गठबन्धनलाई फराकिलो मतअन्तरले पराजित गरी यी दुवै वडामा प्यानलसहित विजयी हासिल गरिसकेको छ । 

आइतबार बिहानसम्म भक्तपुर नगरपालिका वडा नम्बर १, २ र ३ को मत परिणाम आइरहेको छ । नेमकिपाको मेयर र उपमेयरले पाएको मत पनि निकै फराकिलो अन्तर छ । यस हिसाबले आँकलन गर्दा यसपटक पनि ‘क्लिन स्विप’ नै हुने स्थानीयकाे भनाइ छ । 

भक्तपुर नगरपालिकामा ७५ दशमलब ७१ प्रतिशत मत खसेको थियो । यहाँ ५७ हजार दुई सय ७० मतदाता रहेकोमा ४३ हजार तीन सय ५९ मत खसेको थियो ।

यसअघिको निर्वाचनमा कुल ५२ हजार नौ सय ३० मतदातामध्ये नेमकिपाबाट उम्मेदवार बनेका सुनिल प्रजापतिले २५ हजार सात सय ३० मत र उपमेयरमा रजनी जोशीले २५ हजार सात सय ११ मत ल्याएर विजयी भएका थिए । यो पटक पनि नेमकिपाबाट दुवै दोहोरिएका छन् । 

 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १ : १९ बजे

ठगी गरेको अभियोगमा महिला पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु

भल पसेपछि काठमाडौं जिल्ला अदालतको सेवा प्रभावित

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेर बबरमहल क्षेत्र

अदालतबाट दोषी ठहर भए पनि फरार रहेका १५३ जना पक्राउ

पोखरा – कास्की प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका

६७ सामुदायिक वनमा पर्यापर्यटन

गण्डकी – गण्डकी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले यहाँका

विद्यार्थीलाई तातो पन्युले डाम्ने शिक्षिकालाई ५ दिन हिरासतमा राख्न अनुमति

तनहुँ – भिमाद नगरपालिका–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कूलका शिक्षिकाको