काठमाडौँ महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै « Khabarhub

काठमाडौँ महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा  मेयर पदमा  स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । आज अपराह्न १ बजे सार्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले दुई हजार १३९ मत प्राप्त गरेका छन्। 

नेकपा (एमाले) का केशव स्थापितले एक हजार १९९ र नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ५७ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमीले २४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले २३३ मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले दुई हजार २३२, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ६४७ र राप्रपाका बिनिता मगैयाले ५४० मत प्राप्त गरेकी छन् । कामपा वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ । 

मतगणनामा ढिलाइ कारण आलोचना हुन थालेपछि निर्वाचन कार्यालयले गणना केन्द्र थप गरेको छ । कार्यालयले एक केन्द्र थप गरी विभिन्न छ स्थानबाट मतगणना गर्न थालेको छ । 

कामपा वडा नं ३१ को गणना शुरु गरिएको छ । वडा नं ३२, १, २, ३ र ४ को गणना अन्तिम चरणमा रहेको र छिट्टै विजेता घोषणा गरिने कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १ : २८ बजे

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन