काठमाडौंका ११ पालिकामध्ये ७ मा एमाले, ३ मा कांग्रेस र महानगरमा बालेनको अग्रता | Khabarhub Khabarhub

काठमाडौंका ११ पालिकामध्ये ७ मा एमाले, ३ मा कांग्रेस र महानगरमा बालेनको अग्रता


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्लामा रहेका ११ पालिकामध्ये आधाभन्दा बढीको प्रमुखमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । 

हालसम्म सार्वजनिक भएको मतगणना अनुसार काठमाडौंका ११ पालिका मध्ये ७ वटामा एमाले, ३ वटामा नेपाली कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । 

काठमाडौं जिल्लामा एउटा महानगरपालिका र १० वटा नगरपालिका रहेका छन् । जिल्लामा काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, नागार्जुन नगरपालिका, बुढानीलकण्ठ नगरपालिका र शङ्खरापुर नगरपालिका रहेका छन् । 

आयोगका अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ६०१ मत प्राप्त गरेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार रामशरण ढुंगानाले अग्रता लिएका छन् । उनले १ हजार ६४८ मत प्राप्त गरेका छन् ।कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राज कुमार नकर्मीले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ६२० मत प्राप्त गरेका छन् । 

गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार उद्धव विशष्ट १ हजार ८०२ मतका साथ अग्र स्थानमा छन् । यस्तै, चन्द्रागिरी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम बहादुर राउतले अग्रता लिएका छन् । उनले हालसम्म १ हजार २३ मत प्राप्त गरेका छन् । 

टोखा नगरपालिकाको प्रमुखमा १ हजार ४०२ मतका साथ एमालेका उम्मेदवार प्रकाश अधिकारी अग्र स्थानमा रहेका छन् । तारकेश्वर नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार रामेश्वर बोहराले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ८७ मत प्राप्त गरेका छन् । 

दक्षिणकाली नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ९४९ मत प्राप्त गरेका छन् । नागार्जुन नगरपालिकाको प्रमुखमा २८७ मतका साथ कांग्रेसका उम्मेदवार मोहन बहादुर बस्नेत अग्र स्थानमा छन् । 

बुढानीलकण्ठ नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार मिठाराम अधिकारीले अग्रता लिएका छन् । उनले २ हजार ५८ मत प्राप्त गरेका छन् । शङ्खरापुर नगरपालिकाको प्रमुखमा १ हजार ३०२ मतका साथ एमालेका उम्मेदवार कृष्ण लाल बजगाईं अग्र स्थानमा छन् । 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  २ : २३ बजे

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

महोत्तरी – महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ

विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन

काठमाडौं – निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले प्राकृतिक प्रकोपबाट हुनसक्ने

विपदमा परी २४ घण्टामा १४ जनाको मृत्यु, १० जना घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य

चर्को लोडसेडिङको विरोधमा पाकिस्तानमा प्रदर्शन

एजेन्सी – चर्को लोडसेडिङको विरोधमा पाकिस्तानको खैबर पख्तुनख्वामा प्रदर्शन भएको

एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं – आगामी महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कप