लमजुङको दूधपोखरी अध्यक्षमा कांग्रेसका गुरुङ विजयी | Khabarhub Khabarhub

लमजुङको दूधपोखरी अध्यक्षमा कांग्रेसका गुरुङ विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको दूधपोखरी गाउँपालिकामा सत्ता गठबन्धन विजयी भएको छ । कांग्रेसका धनप्रसाद गुरुङ ३ हजार ६५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षका प्रतिस्पर्धी एमालेका तेजबहादुर गुरुङले २ हजार २४ मत पाए । उपाध्यक्षमा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङ २ हजार ५ सय ६८ मत ल्याएर विजयी भएका छन् । उनका प्रत्यासी एमालेकी कृष्ण गुरुङले १ हजार ७ सय ७४ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामप्रसाद आचार्यले बताए ।

वडा १ मा कांग्रेसका दुर्गामान गुरुङ वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनले ४ सय ८१ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेका गजबहादुर गुरुङले ४ सय २६ मत ल्याएका छन् । वडा २ मा माओवादी केन्द्रका अमर गुरुङ ६ सय ६८ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका छन् । प्रतिद्वन्द्वी एमालेका धर्मदत्त दवाडीले २ सय ६९ मत ल्याएका छन् ।

वडा ३ मा स्वतन्त्रका श्याम गुरुङ २ सय २८ मतका विजयी भएका छन् । निकटम माओवादी केन्द्रका उम्मेदवार औतराम तमाङले २ स २४ मत ल्याएका छन् । प्रतिद्वन्द्वी एमालेका मानबहादुर घलेले ८१ मत ल्याएका छन् । वडा ४ मा कांग्रेसका उम्मेदवार ओमबहादुर गुरुङ ४ सय ३४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी एमालेका प्रीतम गुरुङले २ सय ४० मत ल्याएका छन् ।

वडा ५ मा एमालेका दलबहादुर गुरुङ ४ सय ८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका नरबहादुर गुरुङले ३ सय ४३ मत पाएका छन् । वडा ६ मा कांग्रेसका मनिष गुरुङ ७ सय ४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका धनप्रसाद गुरुङले ६ सय ११ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ९ : ०४ बजे

राखीको चहलपहल सुरु

महोत्तरी- मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग

त्रियुगा गाईघाट र मोदी बेनी जलमापन केन्द्रमा जलसतह बढ्यो, सावधानी अपनाउन आग्रह

काठमाडौं– उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह

कृषिसहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा संसदीय समितको बैठक बस्दैछ

माओवादी स्थायी समिति बैठक बस्दै, अध्यक्षको प्रस्तावमा नेताहरूले धारणा राख्दै

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक

भारतीको ब्याटिङमा जडेजाको कीर्तिमान : के-के बने रेकर्ड ?

काठमाडौं – इंग्ल्यान्डमा शृङ्खला जोगाउन सङ्घर्ष गरिरहेको भारतले ब्याटिङमा थुप्रै