मुस्ताङ म्याक्सपछि स्वदेशमै विद्युतीय गाडी उत्पादन गर्दै हुलास « Khabarhub

मुस्ताङ म्याक्सपछि स्वदेशमै विद्युतीय गाडी उत्पादन गर्दै हुलास


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको मोटर उत्पादन कम्पनी हुलास मोर्टसले स्वदेशमै विद्युतीय कार उत्पादन गर्ने भएको छ ।

उक्त विद्युतीय कार निमार्णको लागी हुलासले लामो समयदेखि आफनो विराटनगरस्थित मोटर उत्पादन प्लान्टमा काम गरिरहेको छ । हुलास मोटर्सका जनरल म्यानेजर प्रफुल्ल चन्द दासले उक्त कार निर्माणको लागी विगतको ३ वर्षदेखि काम भइरहको बताए ।

‘लामो समय भयो हामीले स्वदेशी विद्युतीय गाडी उत्पादन गर्ने प्रोजेक्टमा काम थालेका छौं,’ उनले भने, विभिन्न देशमा गएर म आफैंले कार कसरी बन्छ हेर्दै त्यसैअनुसार काम भइरहेको छ । अब धेरै कुर्नु पर्दैन, हामी निर्माण कार्यको अन्तिम चरणमा छौं ।’केही टेस्ट र फनिसिङको काम मात्र बाँकी रहेको उनले बताए ।

दासले अबको ६ महिना भित्र गाडि लञ्च गर्नेगरी निर्माण कार्य अघि बढीरहेको जानकारी दिए ।

हुलासले बनाउन लागेको उक्त कार नेपालमा उत्पादन हुने भएतापनि निर्माणका लागी चाहिने सबै कच्चा पदार्थहरु भने विदेशवाट आयत हुने भएको छ । कारको बडी बनाउने फाईबर, ब्याट्रिदेखि टायरसम्म सबै विदेशवाट आयत गरिनु पर्ने बाध्यता रहेको कम्पनी बताउँछ ।

दास भन्छन् ‘टायरसम्म चै नेपाली ब्राण्डकै हाल्ने मन थियो ‘‘गौरबशाली गोरखकाली टायर’’, त्योपनि साइजको पाइएन अन्ततः विदेशबाटै महगाउनु पर्ने अवस्था छ ।’ नेपालमा कार बनाउन चाहिने कच्चा पदार्थ तथा पार्टस्हरु नेपालमा नपाइने÷नबाईने हुदा विदेशवाटै आयत गर्नुपर्ने बाध्यता रहेको कम्पनीको भनाइ छ ।

हाल कम्पनीको ध्यान गाडीको इन्जीन लगाएतका भित्री चिज बनाउनभन्दा पनि बाहिरी स्ट्रकचर बनाउनतिर केन्द्रित रहेको छ । विदेशवाट आयतित हुने प्राय गाडीहरु नेपालको सडकमैत्री नहुने भएकाले स्वदेशकै सडक र वातावरणसँग मेल खादो स्टक्चर बनाउनतर्फ कम्पनी अग्रसर भएको हो ।

उक्त निर्माणाधिन विद्युतीय गाडी ५ सिटे सक्षमताको हुने र फुल चार्ज गर्दा १६० कि.मी सम्म गुड्न सक्ने क्षमता भएको हुने दास बताउँछन् । उनले भने ‘गाडीको क्षमता भएन भनि मज्जा हुँदैन, ५ जना सवारी हुँदा पनि २०० कि.मी प्रति घण्टा कुद्न सक्नुपर्यो त्यही अनुसार कार बन्दैछ ।’

उक्त विद्युतीय कारको मूल्य १५ देखि २० लाखसम्म पर्नसक्ने कम्पनीले प्रारम्भीक अनुमान गरेको छ । हाल हुलास मोटर्सले विद्युतीय रिक्सा र कार्गो भ्यान उत्पादन गरिरहेको छ ।

सोही कम्पनीले बुहुचर्चित मुस्ताङ म्याक्स गाडी समेत विगतमा उत्पादन गर्दै आएको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टर्राइले स्वदेशी उत्पादनलाई प्रर्वद्धन गर्ने भन्दै मुस्ताङम्याक्स गाडी चढी चर्चामा आएका थिए ।

केहि वर्षअघि सरकारले युरो ३ इन्जिन आयत गर्न रोक लगाएपछि मुस्ताङम्याक्सको उत्पादन बन्द भएको कम्पनीले बताएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ६ : ०९ बजे

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

इरान–अमेरिका सम्झौताप्रति गालिबफको प्रतिक्रिया : ‘यो अमेरिकाको पराजय हो’

एजेन्सी– मध्यपूर्व युद्ध अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिकाबीच