निर्वाचन आयोगको निर्देशनमा मन्त्री झाँक्रीको गृह पालिकामा मतगणना स्थगित « Khabarhub

निर्वाचन आयोगको निर्देशनमा मन्त्री झाँक्रीको गृह पालिकामा मतगणना स्थगित



काठमाडौँ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहपालिका गुल्मीको मदाने गाउँपालिकामा मतगणना स्थगित भएको छ।

मतपत्र बदरको विषयमा विवाद हुँदा मतगणना स्थगित भएको हो । सबै वडाको मतगणना सकिन लाग्दा अध्यक्ष र उपाध्यक्ष झिनो मतान्तरले मात्र विजयी हुने भएपछि विवाद भएको हो । गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका महेन्द्र कुँवरभन्दा एमालेका प्रेम केसी ९२ मतले पछाडि छन्।

मतदान गर्दा मतपत्रमा मसी बढी भएको मतपत्रलाई पनि मान्यता दिने सहमति भए पनि अन्तिम समयमा केही मतले मात्र हार हुने भएपछि नेकपा एमालेले पुन: गणनाको माग गरेको हो।

‘मतगणना अन्तिम समयमा आएर निर्वाचन आयोगबाट फोन आएपछि हामीले रोकेका हौँ।’ मतगणनामा संलग्न एक कर्मचारीले भने, के गर्ने भनेर फेरि पनि आयोगकै फोन कुरेका छौँ।’

नेकपा एमालेका नेता गोकर्ण बिस्टको पहलमा निर्वाचन आयोगले फोन नै गरेर मतगणना रोक्न भनेपछि आयोगले चासो राखेको हो । मन्त्री झाँक्री भने एकीकृत समाजवादी पार्टीमा छिन् ।

वडा नम्बर २ र ५ वडामा एमालेले जितेको छ भने बाँकीमा गठबन्धनले जितेको छ । वडा नम्बर ७ को भने अन्तिम परिणाम आउन बाँकी छ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : २४ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा