निर्वाचन आयोगको निर्देशनमा मन्त्री झाँक्रीको गृह पालिकामा मतगणना स्थगित « Khabarhub

निर्वाचन आयोगको निर्देशनमा मन्त्री झाँक्रीको गृह पालिकामा मतगणना स्थगित



काठमाडौँ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहपालिका गुल्मीको मदाने गाउँपालिकामा मतगणना स्थगित भएको छ।

मतपत्र बदरको विषयमा विवाद हुँदा मतगणना स्थगित भएको हो । सबै वडाको मतगणना सकिन लाग्दा अध्यक्ष र उपाध्यक्ष झिनो मतान्तरले मात्र विजयी हुने भएपछि विवाद भएको हो । गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका महेन्द्र कुँवरभन्दा एमालेका प्रेम केसी ९२ मतले पछाडि छन्।

मतदान गर्दा मतपत्रमा मसी बढी भएको मतपत्रलाई पनि मान्यता दिने सहमति भए पनि अन्तिम समयमा केही मतले मात्र हार हुने भएपछि नेकपा एमालेले पुन: गणनाको माग गरेको हो।

‘मतगणना अन्तिम समयमा आएर निर्वाचन आयोगबाट फोन आएपछि हामीले रोकेका हौँ।’ मतगणनामा संलग्न एक कर्मचारीले भने, के गर्ने भनेर फेरि पनि आयोगकै फोन कुरेका छौँ।’

नेकपा एमालेका नेता गोकर्ण बिस्टको पहलमा निर्वाचन आयोगले फोन नै गरेर मतगणना रोक्न भनेपछि आयोगले चासो राखेको हो । मन्त्री झाँक्री भने एकीकृत समाजवादी पार्टीमा छिन् ।

वडा नम्बर २ र ५ वडामा एमालेले जितेको छ भने बाँकीमा गठबन्धनले जितेको छ । वडा नम्बर ७ को भने अन्तिम परिणाम आउन बाँकी छ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : २४ बजे

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा