प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक « Khabarhub

प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक महाकाली स्पोर्ट्स सोसाइटीले बुधबार निकालेको खेल तालिका अनुसार उद्घाटन खेल असार ४ गते महेन्द्रनगरमा हुनेछ । ४ गते नै अर्को एक खेल हुनेछ जसमा प्रदेश २ र कर्णाली प्रदेशबीच हुनेछ ।

प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहनेछ । जसमा सात प्रदेश र एक विभागीय टिम छन् । विभागिय टोलीबाट एपीएफको सहभागिता जनाएको हो । प्रतियोगितामा दैनिक दुई खेल हुनेछन् । समूह ए मा एपीएफ क्लब, सुदूरपश्चिम क्लब, प्रदेश नम्बर ५ र गण्डकी प्रदेश रहेका छन् भने समूह बी मा प्रदेश नम्बर १,२,३ र कर्णाली प्रदेश रहेका छन् । पहिलो खेल बिहान ८ बजे शुरु हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

८ टोलीलाई २ समूह विभाजन गरेर प्रतियोगिता आयोजना गरिँदैछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउने छन् । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५–१५ हजार पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ६ : २८ बजे

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, लिए शपथ

काठमाडौँ – नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मन्त्रीको निर्देशनपछि सर्त उल्लङ्घन गर्ने बालाजु क्षेत्रको उद्योगको पानी र बिजुली काटियो

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बालाजु

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स ज्योति